मास्टरसेफ साहको रेसिपीमा ‘टु पिएम’ भेज र चिकेन मसला करी चाउचाउ « Khabarhub

मास्टरसेफ साहको रेसिपीमा ‘टु पिएम’ भेज र चिकेन मसला करी चाउचाउ


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साढे दुई दशकको इतिहास बोकेको एसियन थाइ फुड्स प्रालिले टु पिएम चाउचाउका थप दुई भेरियन्ट सार्वजनिक गरेको छ ।

कम्पनीले टु पिएम चाउचाउका ब्राण्ड एम्बास्डरसमेत रहेका मास्टरसेफ सन्तोष शाहको रेसिपीअनुसार तयार पारिएको टु पिएम चाउचाउको दुई नयाँ भेरियन्ट भेज मसला करी र चिकन मसला करी बजारमा ल्याएको हो।

‘सही छ’ भन्ने नारासहित बजारमा ल्याइएको यस चाउचाउको स्वाद, गुणस्तर र प्याकेजिङ्गजस्ता सबै पक्षहरूमा उत्कृष्ट रहेको कम्पनीले बताएको छ ।

टु पिएम चाउचाउको यी दुई नयाँ भेरिएन्ट विकास गर्नलाई धेरै समय लागेको मास्टरसेफ सन्तोष साह बताउँछन् । उनले यो रेसिपी निकै स्वादिष्ट भएकाले उपभोक्ताले रुचाउने विश्वास लिएको बताए ।

नेपाललाई प्रोमोसन गर्न यस कम्पनीले योगदान गरेको उनको भनाइ छ । ‘ हामी भित्र्याउँछौँ मात्रै तर पठाउँदैनौँ । तर यो कम्पनीले चाउचाउलाई ३० भन्दा बढी मुलुकमा पठाइरहेको सुन्न पाउँदा गर्व लागेको छ,’ उनले भने ।

केही समयअघि देखि उत्पादन रोकिएको टु पिएम चाउचाउको पुन: उत्पादन तथा बिक्री वितरण सुरू गरेको कम्पनीले जनाएको छ ।

२०५६ मा स्थापित एसियन थाई फुड्स प्रालिले २०५७ मा पहिलो चाउचाउ बजारमा ल्याएको थियो।

विगतका २५ वर्षमा कम्पनीले रमपम, प्रिती र टु पिएम जस्ता अग्रणी ब्राण्डहरू बजारमा उपलब्ध छन् ।

यसले टु पीएम र रमपम ब्राण्ड अन्तर्गत विभिन्न स्न्याक्सहरू बजारमा ल्याएको छ ।

अकबरे चिकेन चाउचाउ ५० रुपैयाँमै किन्न सकिने कम्पनीले जनाएको छ ।

यससँगै अकबरे भेज, कोरियन रामेन, किमची भेज, किमची चिकन, नापोलिटाना, सी फुड, चिज मशरुम जस्ता उत्पादनहरू पनि बजारमा रहिरहने कम्पनीले जनाएको छ ।

कम्पनीले स्न्याक्सतर्फ भने प्रिमियम चिज बल्स, अकबरे स्टिक्स, फायर बल्स, स्रिम्प क्रैकर, अनियन रिंग, पञ्जाबी तड्का, फायर क्रैकर, लेमन मिन्ट स्टिक्स, मसला स्टिक्स, पास्ता जस्ता उत्कृष्ट उत्पादनहरू रहेको जानकारी दिएको छ ।

एसियन थाई फुड नेपालमा प्रिमियम श्रेणीका चाउचाउ उत्पादन गर्ने पहिलो कम्पनी हो । कम्पनीले स्थानीय रूपमा उब्जाइएको अकबरे खुर्सानी प्रयोग गरेर टु पिएम अकबरे चाउचाउ उत्पादन गर्दै आएको छ।

चाउचाउ रुचाइएकाले खुर्सानीकोसमेत आपूर्ति बढिरहेको भन्दै कम्पनीले यसले स्थानीयलाई आर्थिक लाभ मिलेको जनाएको छ । ‘किसानलाई अकबरे खुर्सानी खेतीतर्फ आकर्षक बढिरहेको छ,’ कम्पनीले भनेको छ ।

‘हामी मास्टरशेफ सन्तोष साहद्वारा तयारी र सिफारिस गरिएका नयाँ टु पिएम चिकन मसला र भेज मसला करी नूडल्स बजारमा ल्याउन पाउँदा निकै उत्साहित छौं’, कम्पनीका प्रबन्ध निर्देशक महेश जाजुले भने ।

मास्टरसेफ साहले आफ्नो वर्षौंको अनुभवलाई प्रयोग गरेर यो प्रामाणिक र स्वादिष्ट टु पीएम चाउचाउ बनाएको जाजुले बताए ।

६० ग्रामको प्याकेज २० रुपैयाँमा उपलब्ध हुने यस चाउचाउले उपभोक्तालाई ‘आहा क्या मिठो’ भन्न बाध्य पार्ने जाजु बताउँछन् ।

कम्पनीले विगतका केही वर्षमा अन्तर्राष्ट्रिय बजारमा चाउचाउको निर्यात समेत बढाउँदै लगेको छ।

भारत, मध्य पूर्व, टर्की, अफ्रिका जस्ता मुलुकमा आयोजित विश्वका विभिन्न मुलुकमा चाउचाउहरू निर्यात गरि विश्वव्यापी उपभोक्ताहरूसम्म पुर्‍याइएको उनले बताए ।

२७ भन्दा बढी देशहरूमा निर्यात गर्दै नेपालबाट चाउचाउ र स्न्याक्सका सबैभन्दा ठूला निर्यातकर्ताहरूमा कम्पनी पर्ने उनको दाबी छ ।

उनका अनुसार टु पिएम चाउचाउलाई अष्ट्रेलिया, बहराइन, बेल्जियम, भूटान, क्यानडा, चीन, डेनमार्क, फिनल्याण्ड, जर्मनी, हङकङ, भारत, इजरायल, इटली, जापान, कोरिया, कुवेत, मलेसिया, माल्टा, न्यूजील्याण्ड, ओमान, प्यालेस्टाइन, कतार, साउदी अरब, यूएई, यूके, अमेरिका, यमन जस्ता देशहरूमा उपलब्ध गराउँदै आएको छ ।

नेपालका उत्पादन यति धेरै देशमा चिनाउन र विदेशी मुद्रा ल्याएर नेपालको व्यापार घाटालाई कम गर्नमा योगदान दिन पाउँदा हामीलाई सन्तुष्टि र राष्ट्रिय गर्वको अनुभव हुन्छ,’ जाजुले भने ।

कम्पनीले केही समयमै ‘क्यानमा स्न्याक्स’ र ‘कप नूडल्स’ जस्ता अझै प्रिमियम उत्पादनहरू बजारमा ल्याउने जाजुले बताए ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  २ : ४३ बजे

पुँजीगत खर्चको प्रवृत्ति विगतको भन्दा कमजोर, राजस्व लक्ष्यको ८४ प्रतिशत मात्र संकलन

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ मा सरकारको पुँजीगत खर्च गत आर्थिक

प्रधानमन्त्री शाह फुटवेयर एसोसिएसनका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिक संस्था र व्यक्तिसँग

तोलामा तीन हजार १०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिनमै नेपाली बजारमा सुनको

स्लोभेनियाली रेफ्री स्लाभ्को भिन्चिचले विश्वकप फाइनल खेलाउने 

काठमाडौं– फिफाले २०२६ फिफा विश्वकपको फाइनल खेलका लागि स्लोभेनियाका अनुभवी

रासायनिक मलको आपूर्ति पाँच लाख ६१ हजार मेट्रिकटन नाघ्यो

काठमाडौं– सरकारले आर्थिक वर्ष २०८२-८३ को असार २४ गतेसम्म पाँच