५ वर्षमा पनि बनेन संसद् भवन, मंसिरसम्म सक्न सभामुखको निर्देशन « Khabarhub

५ वर्षमा पनि बनेन संसद् भवन, मंसिरसम्म सक्न सभामुखको निर्देशन


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको काम सन्तोषजनक नभएको बताएका छन् ।

तीन वर्षमा सक्ने गरी २०७६ असोज १६ गते निर्माण व्यवसायीसँग सम्झौता भएको संसद् भवनको काम समयमा सम्पन्न नभएपछि आज उनले सिंहदरबारमा सरोकार भएका निकायका अधिकारीहरूलाई बोलाएर जानकारी लिएका हुन् ।

यसअघि निर्माणाधीन संसद् भवनका १२ वटै संरचना मङ्सिर मसान्तसम्म सकेर आगामी हिउँदे अधिवेशन आफ्नै भवनमा गर्ने भनी ‘माइन्युट’ गरिएकाले त्यसैअनुरूप गर्न सभामुख घिमिरेले निर्देशन दिए ।

‘भवनमा अहिले सात इञ्चको टेलिभिजन स्क्रीन राखिएको रहेछ, बजारमा १५ इञ्चसम्मको स्क्रीन आइसकेको छ, ठूला स्क्रीनमा अक्षर पनि ठूला आउँछ, यस विषयमा ध्यान पुर्‍याउनुपर्छ, भवन निर्माण प्रगतिका बारेमा एक महिनापछि फेरि समीक्षा बैठक हुन्छ, अब थपिएको समयमा सक्ने गरी काम हुनुपर्छ’, उनले भने ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भवनको म्याद सकिएपछि थप्ने आधार प्रस्ट हुनुपर्ने उल्लेख गर्दै संसद् भवन अन्तर्राष्ट्रिय छविको राष्ट्रिय सम्पत्ति भएकाले आकर्षक रूपमा साजसजावट गरिनुपर्ने बताए ।

सात इञ्चको टेलिभिजन स्क्रीनमा सांसदको टाउको पनि नदेखिने भएकाले त्यसमा पुनर्विचार गरिनुपर्ने उनको भनाइ थियो ।

अनामनगरतिरको ढोकाबाट सांसदको प्रवेश गराउने भनिएकाले एकैपटक सयौँ गाडी प्रवेश गर्दा त्यस क्षेत्रमा हुने जामका विषयमा अहिले नै सोच्नुपर्नेमा अध्यक्ष दाहालले जोड दिएका थिए ।

उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद् भवन राष्ट्रिय प्राथमिकताको आयोजना भएकाले यसको काम गुणस्तरीय रूपमा समयमै सकिनुपर्ने बताए । निर्माण व्यवसायीले ठेक्का लिइसकेपछि काममा ढिलाइ गर्ने गरेकाले समस्या आएको उल्लेख गर्दै उनले समस्या समाधानका लागि सरोकार भएका निकायको ध्यान जानुपर्नेमा जोड दिए ।

उपसभामुख इन्दिरा रानाले संसद् भवनको आन्तरिक साजसजावटमा सम्झौता बाहिरका सामग्री राखिनु नहुने बताइन् । तोकिएका समयमा गुणस्तरीय रूपमा काम सम्पन्न गरिनुपर्ने उनको भनाइ थियो ।

राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले मङ्सिरसम्म संसद् भवन निर्माण सम्पन्न गरी हिउँदे अधिवेशन त्यहीँबाट गरिनुपर्नेमा जोड दिइन् । सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले आगामी हिउँदे अधिवेशनसम्म प्रतिनिधिसभा र राष्ट्रियसभाका भवन सक्ने गरी काम गरिने बताए ।

निर्माण व्यवसायीलाई दैनिक पाँच सय कामदार लगाएर काम गर्न निर्देशन दिए पनि हाल करिब एक सय ५० ले मात्र काम गरिरहेको जानकारी पनि उनले दिए ।

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक मचाकाजी महर्जनले हालसम्म ८१.५ प्रतिशत भौतिक र ७० प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिए । आयोजनाका सबै काम सम्पन्न गरी हस्तान्तरण गर्न २०८१ चैत १८ गतेसम्मको समय थप गरिएको जानकारी पनि उनले दिए ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ४ : २२ बजे

कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री परियार

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले जलवायु

आठ हजार पाँचसय पर्यटकले गरे मनास्लु क्षेत्र भ्रमण

गोरखा – चालु आर्थिक वर्षको साउनयता आठ हजार ५४४ पर्यटकले

निर्वाचन लोकतन्त्रको आधारशीला हो, मत हाल्ने अवसर गुमाउनुहुन्न : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको आधारशीला भएकाले मत

बन्चरेडाँडाका स्थानीयलाई मन्त्री घिसिङले भने : प्रतिवद्धताअनुसार काम हुन्छ

काठमाडौँ- काठमाडौँ उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावित

एएफसी एसिया कप छनोट: मलेसियासँग पराजित भयो नपाल

काठमाडौँ- एएफसी एसिया कप छनोट प्रतियोगितामा नेपाल मलेसियासँग पराजित भएको