उद्योगमा काटिएको विद्युत् लाइन तत्काल जोड्न प्रधानमन्त्रीको निर्देशन « Khabarhub

उद्योगमा काटिएको विद्युत् लाइन तत्काल जोड्न प्रधानमन्त्रीको निर्देशन


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लाइन काटिएका उद्योगहरूमा लाइन जोड्न नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन् ।

यसअघि डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता रकम नतिरेको भन्दै उद्योगहरूको बिजुली प्राधिकरणले काटेको थियो ।

शुक्रबार उद्योगी र प्रबन्ध निर्देशक घिसिङसहित प्राधिकरणका पदाधिकारीलाई छलफलका लागि बोलाएका ओलीले विद्युत काटिएका उद्योगहरुमा तत्काल लाइन जोड्न निर्देशन दिएका हुन् ।

यसअघि घिसिङले कुनैपनि हालतमा डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता रकम उठाएरै छोड्ने घोषणा गरेका थिए । यता उद्योगीहरुले भने नक्कली बिल नतिर्ने बताउँदै आइरहेका छन् ।

आजका छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ तथा मन्त्रालयका उच्च पदस्थ व्यक्तिहरुको सहभागीता थियो ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ८ : ५६ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका