मार्शल आइल्याण्डमा पूर्वाधार निर्माण गर्न भारतले सहयोग गर्ने « Khabarhub

मार्शल आइल्याण्डमा पूर्वाधार निर्माण गर्न भारतले सहयोग गर्ने


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले प्रशान्त महासागरमा अवस्थित द्विपराष्ट्र मार्शल आइल्याण्डलाई पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ । यसबारे दुई मुलुकबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

हस्ताक्षर समारोहमा भारतीय विदेशमन्त्री एस जयशकंरले प्रशान्त क्षेत्रमा रहेका मुलुकहरुको प्राथमिकता र आवश्कतालाई भारतले महत्व दिएको बताएका छन् । विदेशमन्त्री जयशकंरले प्रशान्त क्षेत्रका मुलुकहरुसँग सहकार्य गर्न भारत सदैव तत्पर रहेको पनि उल्लेख गरेका छन् ।

भारतीय टेलिभिजन डब्लूआईओएनले जनाएअनुसार भारतले उक्त मुलुकमा सामुदायिक पूर्वाधार, खेलकुद केन्द्र, विमानस्थल टर्मिनललगायतको निर्माणमा सहयोग गर्नेछ । त्यसबाहेक भारतले पानी शुद्धीकरण र स्वास्थ्य सेवामा पनि सहयोग गर्ने जनाइएको छ ।

भारतले हिन्द प्रशान्त क्षेत्रमा अवस्थित मुलुकसँगको सहकार्य विस्तार गरिरहेका बेला पछिल्लो समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ९ : ३१ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड