तनहुँमा करिब आठ करोड विद्युत् बक्यौता « Khabarhub

तनहुँमा करिब आठ करोड विद्युत् बक्यौता


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दमौली – नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रमा करिब आठ करोड विद्युत् बक्यौता बाँकी रहेको छ । आर्थिक वर्ष २०८०-८१ मा केन्द्रमा रु सात करोड ९७ लाख ७६ हजार एक सय एक बक्यौता रहेको हो । 

सबैभन्दा बढी अन्य, कालोसूचीतर्फका ग्राहकबाट तीन करोड ९७ लाख ६६ हजार छ सय ६० बक्यौता उठाउन बाँकी रहेको केन्द्रका प्रमुख विजय रेग्मीले जानकारी दिए । उनका अनुसार गार्हस्थ्यतर्फ एक करोड ६७ लाख ८३ हजार नौ सय ५९, गैरव्यापारिकतर्फ ४० लाख ८४ हजार नौ सय, औद्योगिकतर्फ एक करोड २४ लाख ४४ हजार दुई सय ४२, सडक बत्तीतर्फ एक करोड १४ लाख ६७ हजार तीन सय १७, खानेपानीतर्फ ८९ हजार पाँच सय ९२, चार्जिङ स्टेसनतर्फ ४५ हजार दुई सय चार सय ९९, सिचाइँतर्फ ३६ हजार सात सय चार, मन्दिरतर्फ रु ४१ हजार पाँच सय ९२ बक्यौता बाँकी छ । 

आर्थिक वर्ष २०७९-८० मा रु आठ करोड ५५ लाख ६० हजार चार सय बक्यौता बाँकी थियो । त्यसमध्ये रु ५७ लाख ८४ हजार दुई सय ९८ बक्यौता उठेको रेग्मीले बताए। उनका अनुसार जिल्लामा विद्युत्का ५१ हजार सात सय १७ ग्राहक पुगेका छन् । 

आर्थिक वर्ष २०७९-८० सम्म ५० हजार तीन सय ७२ ग्राहक रहेकामा गत आवमा एक हजार तीन सय ४५ ग्राहक थपिएका हुन् । केन्द्रका प्रमुख रेग्मीका अनुसार गार्हस्थ्यतर्फ एक हजार दुई सय २५, गैरव्यापारिकतर्फ २१, औद्योगिकतर्फ दुई, सिचाइँतर्फ ४०, खानेपानीतर्फ १८, चार्जिङ स्टेसनतर्फ दुई, सडकबत्तीतर्फ २४, मन्दिरतर्फ आठ र अन्यतर्फ १२ ग्राहक थपिएका छन् । 

हाल गार्हस्थ्यतर्फ ४९ हजार ३०, गैरव्यापारिकतर्फ पाँच सय ४६, व्यापारिकतर्फ तीन सय ४०, औद्योगिकतर्फ सात सय ७६, सिचाइँतर्फ तीन सय ५६, खानेपानीतर्फ एक सय ८८, चार्जिङ स्टेसनतर्फ दुई, सडकबत्तीतर्फ एक सय ६९, मन्दिरतर्फ दुई सय तीन र अन्यतर्फ एक सय सात ग्राहक रहेका केन्द्रले जनाएको छ । 

केन्द्रले गत आवमा पाँच करोड ४० लाख ५९ हजार दुई सय १२ युनिट विद्युत् बिक्री गरेको छ । आव २०७९-८० मा पाँच करोड दश लाख ३२ हजार चार सय ८९ युनिट विद्युत् बिक्री भएको थियो । ग्राहक सङ्ख्या बढेसँगै विद्युत् बिक्री बढेको रेग्मीको भनाइ छ । 

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  १ : १२ बजे

इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारको व्यवहारलाई ‘विचित्र’ भन्दै

रास्वपालाई शुभकामना दिँदै प्रचण्डले भने- रचनात्मक सहयोग गर्छौँ

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारलाई

बालेन्द्रलाई दलको नेता बनाउने प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह संसदीय दलको

ललितपुरमा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालन 

ललितपुर– ललितपुर महानगरपालिकामा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालनमा आएको छ।

केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत पारित 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव