एकीकृत समाजवादीका मनोनीत केन्द्रीय सदस्यको शपथ ९ गते « Khabarhub

एकीकृत समाजवादीका मनोनीत केन्द्रीय सदस्यको शपथ ९ गते


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले थप गरेका दुई सय ५१ केन्द्रीय सदस्यलाई यही भदौ ९ गते काठमाडौँमा शपथ गराउने भएको छ ।

महाधिवेशन सम्पन्न भएलगत्तै मनोनीत ती सदस्यलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले शपथ गराएपछि औपचारिक रूपमा पदीय जिम्मेवारी तथा संगठनका गतिविधिमा सदस्यलाई क्रियाशील गराइने छ । पार्टीले केन्द्रीय सदस्यमा नपरेका नेतालाई विभिन्न विभागमा व्यवस्थापन गर्न लागेको हो ।

पार्टीले केन्द्रीय कमिटी सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । शपथ ग्रहण कार्यक्रमपछि सोही दिनदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा केन्द्रीय विभागका संरचनाको निर्माणका लागि छलफल गरिने छ । बैठकले पदाधिकारी छनोटका लागि कार्यविधि तथा मापदण्ड बनाउने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए।

पदाधिकारीका आकाङ्क्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्न मापदण्ड बनाउन लागेको छ । बैठकले क्लष्टरका आधारमा केन्द्रीय कमिटीमा नेतालाई व्यवस्थापन गर्ने विषयमा समेत छलफल सोही बैठकमा गरिनेछ । 

नेताहरूको योगदान तथा कार्यक्षमताका आधारमा पार्टीले युवा, दलित, जनजाति, अल्पसङ्ख्यक, पिछडिएका वर्गलाई पदाधिकारीमा समेट्ने जनाएको छ । पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् । 

पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले नेताहरूको योगदान र कार्यक्षमताका आधारमा पदाधिकारी छनोट गरिने नेता पाण्डेयले जानकारी दिए। 

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  १ : ३० बजे

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा

रुपन्देही अदालतमा प्रक्रिया पूरा गरेपछि थुनामुक्त भए रवि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा

बङ्गलादेशको अखवार भवनमा आगलागी, २५ जना पत्रकारको उद्धार

ढाका- ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी

मिर्चैया अस्पतालको पुरानो भवनबाट नगरपालिकाको सेवा सुरु

सिरहा– यहाँको मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा