सडक स्तरोन्नति नहुँदा स्थानीयलाई सास्ती « Khabarhub

सडक स्तरोन्नति नहुँदा स्थानीयलाई सास्ती


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

राजविराज – लामो समयदेखि राजविराज–छिन्नमस्ता सडकको स्तरोन्नति नहुँदा वर्षामा आवतजावत गर्नमा समस्या भइरहेको छ । 

सप्तरीको धार्मिकस्थलका रुपमा परिचित छिन्नमस्ता भगवती मन्दिरसम्म पुग्ने खण्डका विभिन्न स्थानमा खाल्डाखुल्डी र पानी जम्ने समस्याले आवागमनमा सास्ती भएको हो ।

राजविराज–छिन्नमस्ता खण्डअन्तर्गत जिल्लाको विष्णुपुर गाउँपालिकाको नहर चोकको बीचमा पोखरी जस्तैगरि सडक जीर्ण हुँदा मन्दिरसम्म पुग्ने स्थानीय तथा भक्तजनले सास्ती खेपिरहेका छन् । 

दुई वर्षदेखि निर्माणाधीन उक्त सडक भत्केर जीर्ण बनेपछि सम्बन्धित निकायले यथाशीघ्र मर्मत तथा स्तारोन्नति गर्नुपर्ने राजविराज–१६ बोरीयाँका नरेन्द्र यादवले बताए। सरोकार भएका निकाय समस्या समाधानतर्फ केन्द्रित नभएको उनले गुनासो गरे ।

यादवले भने, ‘राजविराज–छिन्नमस्ता खण्डको दूरावस्था कारण दैनिक साना-ठूला दुर्घटना हुने गरेका छन् । तत्काल उक्त खण्ड मर्मत तथा पुननिर्माण गरी सर्वसाधरणलाई आवागमन सहज बनाउनेपर्नेतर्फ स्थानीय सरकारले ध्यान दिनुपर्छ ।’

सोही खण्डअन्र्तगत कोचाबखारी तथा खुदीबखारीमा पनि सडक पानीको कटानबाट क्षति हुँदा सवारिसाधन तथा पैदल यात्रामा सास्ती हुने गरेको स्थानीय बताउँछन् । छिन्नमस्ता मन्दिरसम्म सवारीसाधनबाट यात्रीलाई बीचबीचमा ओराल्ने र चढाउने गर्दै आएको सवारी चालक राजेन्द्र मण्डलले बताए।

 यस क्षेत्रमा दुर्घटनाको जोखिम बढ्दै गएको उनको भनाइ छ । ठाउँठाउँमा खाल्डो हुनुका साथै पानी जमेर पोखरी बनेपछि थप समस्या भइरहेको मण्डलले उल्लेख गरे ।

राजविराजबाट दक्षिणतर्फ १२ किलोमिटर दूरी पार गरेपछि छिन्नमस्ता मन्दिर पुग्न सकिन्छ । यहाँ पुग्ने सडक जीर्ण हुँदा भक्तजनको आगमन घटेको मन्दिरका पिठाधिस महाकान्त ठाकुरले बताए। उनले दसैँको बेला यहाँ भक्तजनको घुइँचो लाग्ने भएकाले यथाशीघ्र सडक मर्मत तथा स्तरोन्नति गर्न सरोकार भएकालाई आग्रह गरे।

भारतीय दर्शनार्थी पनि यहाँ आउने गरेकाले सडक मर्मत गरी आवागमन सहज बनाउनुपर्ने मन्दिर व्यवस्थापन समितिको भनाइ छ । सडक बिग्रेकाले १२ किमी यात्रा गर्न करिब दुई घण्टा लाग्ने गरेको दर्शनार्थी बताउँछन ।

छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीसहितको टोलीले उक्त खण्ड मर्मतको माग गर्दै गत असार ३० गते लहानस्थित सडक डिभिजन कार्यालयमा धर्ना बसेका थिए । यथाशीघ्र सडक निर्माणको माग गर्दै धर्ना बसेको बताउँदै सडक डिभिजन कार्यालयले वर्षापछि काम थाल्ने जनाएको उनले उल्लेख गरे ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ३ : ३८ बजे

निम्स दाइसहितका आरोहीको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा

ओली-प्रचण्डकै गल्ती दोहोर्‍याउँदै रवि-वालेन्द्र

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले चित्त

राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष

मन्त्री बज्राचार्यद्वारा पद तथा गोपनीयताको शपथ

बागमती– बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले आज पद