समाचार

आजका समाचार : भेटघाटमा व्यस्त परराष्ट्रमन्त्री, भारतका दुई राज्यमा नेपालको बिजुली र भलिबल खेलाडीसँग प्रधानमन्त्री 

By खबरहब

August 19, 2024

प्रधानमन्त्री र महिला भलिबल खेलाडीबीच भलाकुसारी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धनको आज बिहानीका करिब दुुई घण्टा राष्ट्रिय महिला भलिबल टोलीसँग व्यतित गरेका छन् ।

प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवं खेलाडीबीच भलिबलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालले कसरी विजय सुनिश्चित गर्न सक्छ भन्ने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री निवास, बालुवाटारमा ब्रेकफास्टसँगै मुलुकको कार्यकारी प्रमुखसँग सम्भवतः पहिलो पटक यस प्रकारको भलाकुसारी गर्ने अवसरले आफूहरुलाई उत्साहित तुुल्याएको खेल नेतृत्वकर्ता, प्रशिक्षक र खेलाडीहरुले बताए । प्रधानमन्त्री ओलीसँगको छलफलमा नेपाली महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, कप्तान अरुणा शाही, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्द, खेलाडी सरस्वती चौधरीलगायत सहभागी थिए।

प्रधानमन्त्री ओलीले दुुई साताअघि सम्पन्न ‘काभा वुमन्स नेसन्स भलिबल प्रतियोगिता’ हेर्न आफूले चाहे पनि मन्त्रिपरिषद्को आकस्मिक बैठकका कारण जान नसकेको अवगत गराउँदै खेलाडीको प्रगति, चाहना र मागबारे आफूू जानकार रहेको बताए।

परराष्ट्र मन्त्री राणा र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

माओवादीको निष्कर्ष- पार्टीमा गुटबन्दी र व्यक्तिगत स्वार्थकेन्द्रित प्रवृत्ति मौलायो

शान्तिप्रक्रियालाई चाँडै निष्कर्षमा पुर्‍याउँछौँ : गृहमन्त्री लेखक

दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय स्थापना गर्छौं : गृहमन्त्री लेखक

उपप्रधानमन्त्री सिंहले भने- संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजिएको होइन

जसपा नेपालले तोक्यो केन्द्रीय सदस्यका लागि कार्यादेश

एकीकृत समाजवादीका मनोनीत केन्द्रीय सदस्यको शपथ ९ गते

भारतका दुई राज्यमा २५१ मेगावाट बिजुली निर्यात अनुमति, मूल्य प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा

राष्ट्रपति पौडेलद्वारा रक्षाबन्धन ग्रहण राष्ट्रपति रामचन्द्र पौडेलले महत्त्वपूर्ण सांस्कृतिक पर्व रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा वैदिक विधिअनुरूप नवयज्ञोपवित जनै एवम् रक्षाबन्धन ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले पण्डित अर्जुनप्रसाद न्यौपानेबाट साइत अनुसार सोमबार दिउँसो जनै एवम् रक्षा बन्धन ग्रहण गरेका हुन् ।

पूर्वराष्ट्रपति भण्डारीद्वारा रक्षाबन्धन ग्रहण

पशुपतिनाथ परिसरमा जनैपूर्णिको चहलपहल (तस्बिरहरू)

कुम्भेश्वरमा विशेष मेला, धामीझाँक्री र भक्तजनको भीड (तस्बिरहरू)

भक्तपुरको महादेव पोखरीमा दर्शनार्थीको घुइँचो

आज जनैपूर्णिमा, रक्षाबन्धन र क्वाँटी खाने दिन

जनैपूर्णिमाको अवसरमा गोसाइँकुण्डमा भक्तजनको घुइँचो

काठमाडौंको स्वयम्भुनाथमा रक्षाबन्धन गर्नेहरुको भीड (तस्बिरहरू)

ढ्वाङकुम पर्व मनाउँदै वाम्बुले राई समुदाय

धरौटीमा छुटे धर्मगुरु पुष्कर खतिवडा

बझाङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु बझाङमा अविरल वर्षासँगै आएको पहिरोले पुरिएर चारजनाको मृत्यु भएको छ । ६ जनाले भने भागेर ज्यान जोगाएको बताइएको छ ।

बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा गएराति वीरा धामीको घर माथिबाट आएको पहिरोले पुरिएर बेपत्ता भएका चारजनाको शव आज बिहान निकालिएको हो ।

मृत्यु हुनेमा एकै परिवारका ५५ वर्षीया काली धामी, २५ वर्षीया गोल्की धामी, ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामी छन् ।

ललितपुरको बगलामुखी नजिकै एक घरमा आगालागी

जाजरकोटमा पहिरोमा परी तीनजनाको मृत्यु

कर्णालीमा आइतबारदेखि विद्युत् अवरुद्ध, जनजीवन प्रभावित

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको तयारी

बाढी, पहिरो लगायतका विपद्‌मा परी हालसम्म १ सय ९० जनाको मृत्यु

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

नेपालमा मंकीपक्स सङ्क्रमणको जोखिम

इटालीमा डुंगा डुब्दा एकको मृत्यु, छ जना बेपत्ता इटालीमा डुंगा डुब्दा एक जनाको मृत्यु भएको छ भने अन्य छ जना बेपत्ता भएका छन् । सिसिलीको तटीय क्षेत्रमा आएको आँधीका कारण पर्यटनका लागि प्रयोग गरिने एक आरामदायी डुंगा डुब्न पुगेको थियो।

उद्धारकर्मीले बेपत्ता भएका अन्य छ जनाको खोजी गरिरहेको अधिकारीहरूले बताएका छन् । इटालियन कोस्ट गार्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सोमबार बिहान ५:०० बजेको समयमा हिंसात्मक आँधीबेहरीपछि बेलायती ध्वजाबाहके बायेसियन नामक ५६ मिटर लामो डुङ्गा पोर्टिसेलो नजिकै डुबेको छ ।’

सामुद्रिक तटीय क्षेत्रमा सुरक्षार्थ तैनाथ गरिएका कोस्ट गार्डका अनुसार हेलिकप्टरको सहयोगमा उद्धारकर्मीले सोमबार एक जनाको शव फेला पारेको र बेपत्ता अन्य छ जनाको खोजी भइरहेको छ।

सहकर्मीको हत्यापछि भारतका चिकित्सकद्वारा कडा कानूनको माग

गाजामा युद्धविरामका लागि यो वार्ता सम्भवतः अन्तिम : अमेरिका

भारतीय प्रधानमन्त्री मोदी युक्रेन भ्रमणमा जाँदै

अमेरिकी विदेशमन्त्री ब्लिन्केन इजरायलमा, बन्धक रिहाइसम्बन्धी सम्झौतामा छलफल गरिने

चीनमा फुटबल पूर्वपदाधिकारीलाई भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजाय