सुक्खा पहिरोले पार्थली–गेल्दुङ सडक अवरुद्ध | Khabarhub Khabarhub

सुक्खा पहिरोले पार्थली–गेल्दुङ सडक अवरुद्ध


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – सुक्खा पहिरोका कारण खोपासी–च्याम्राङबेंसी सडकअन्तर्गत पार्थलीमा सडक अवरुद्ध भएको छ ।

बेथानचोक गाउँपालिका–४ पार्थली भञ्ज्याङ नजिक आज दिउँसो पहिरो जाँदा करिब ५० मिटर सडक पुरिएपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए ।

सडकखण्ड अवरुद्ध हुँदा काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका, ललितपुरको महाङ्काल गाउँपालिका र मकवानपुरको बाग्मती गाउँपालिकाका स्थानीयलाई आवतजावतमा समस्या भएको उनले बताए ।

सडक सञ्चालनका लागि प्रहरी, स्थानीय जनप्रतिनिधिलगायतले प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए।

उनले सडक माथिबाट सुक्खा पहिरोसहित ढुङ्गा झरेकाले उपकरणको सहयोगमा पहिरो पन्छाउन थालिएको जानकारी दिए ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ८ : २० बजे

काठमाडौं महानगरको ‘सिप मेला २०८२’ सुरु

काठमाडौं – काठमाडौं महानगरपालिकाले आजदेखि ‘सिप मेला २०८२’ का कार्यक्रम

बिहीबार उपस्थित हुनेगरी छुटे सहसचिव तीर्थराज भट्टराई

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज

पोखरा विमानस्थल निर्माणबारे छानबिन गर्न अख्तियारलाई पत्राचार

काठमाडौं – प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल

डा. डीआर उपाध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपध्यायको

अधिकतम खुद्रा बिक्री मूल्य तोक्न कडाइ

काठमाडौं – सरकारले सबै उपभोग्य वस्तु तथा सेवा क्षेत्रमा अधिकतम