माडीमा खोलाले बगाएर एक जनाको मृत्यु « Khabarhub

माडीमा खोलाले बगाएर एक जनाको मृत्यु


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

चितवन – जिल्लाको माडीमा खोलाले बगाएर आज एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका–९ का ५० वर्षीय काजिमान प्रजालाई खोलाले बगाएको थियो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार उनलाई आज दिउँसो स्याउलीबाट कुसुमखोला बस्ती जाने क्रममा खोलाले बगाएको थियो । उनका अनुसार प्रजाको शव घटनास्थलबाट पाँच सय मिटर तल भेटिएको थियो ।

यस्तै माडीमा नै खोलाले मोटरसाइकल बगाएको छ । आज दिउँसो माडीबाट ठोरी पर्सा जाने क्रममा बागमती प्रदेश ०३–०२ प ९५८६ नम्बरको मोटरसाइकललाई खोलाले बगाएको हो । बाँदरझुलास्थित अम्बुवाखोलामा बाढी आई मोटरसाइकल बगाएको हो ।

मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२८ का ३७ वर्षीय पवन चापागाईं खोलाले बगाएको बुट्यानमा अड्किएर बाँच्न सफल भएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए । उनको सकुशल उद्धार गरिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ८ : ४३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै