इन्द्रावती नदीमा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह « Khabarhub

इन्द्रावती नदीमा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सुक्खा पहिरोका कारण इन्द्रावती नदीमा बाढी आउनसक्ने जोखिम औँल्याउँदै स्थानीयलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

कार्यालयले विज्ञप्ति जारी गर्दै पाँचपोखरी थाङपाल गाउँपालिका तिपेनीमा आज आएको सुक्खा पहिरोका कारण इन्द्रावती नदी थुनिएर बाढी आउनसक्ने भन्दै सचेत गराएको हो ।

“पाँचपोखरी गाउँपालिका–७ र ८ मेलम्ची नगरपालिका–७, ९, ११, १२ र १३ तथा इन्द्रावती गाउँपालिका–१०, ११ र १२ लगायतका नदी तटमा बस्ने स्थानीयलाई सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ”, विज्ञप्तिमा उल्लेख छ ।

कार्यालयले आवश्यक परेमा नजिकको सुरक्षा निकाय, मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिकामा र कार्यालयको फोन नम्बर ९८५१२४३०८४, ०११६२०४७० मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ८ : ४९ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण