परराष्ट्रमन्त्री र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छन् । उनीहरुबीच सोमबार साँझ भेटवार्ता भएको हो ।

भेटवार्तामा परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो मोदीलाई हस्तान्तरण गरेकी छन् । भेटमा भारतको तर्फबाट विदेशमन्त्री एस जयंशकर, सुरक्षा सल्लाहकार अजित डोभल लगायतको सहभागीता रहेको थियो । भने नेपालको तर्फबाट दूतावासका अधिकारीहरु सहभागी थिए ।

भेटवार्तामा नेपाल-भारत सम्बन्धलाई थप सुमधुर बनाउन, सहयोग अभिवृद्धि गर्न र पारस्पारिक हितका विषयमा छलफल भएको बताइएकाे छ ।

यसअघि देउवाले सोमबार दिउँसो त्यहाँस्थित समकक्षी एस. जयशंकरसँग भेटवार्ता गरेकी थिइन् । भेटपछि राणाले जयंशकरसँग दुई देशबीचका बहुआयामिक सम्बन्ध, नेपाल– भारत सम्बन्धका विविध पाटा, एकअर्काबीचको सहकार्य र तिनका सम्भावनाबारे कुरा भएको जानकारी दिएकी छन् ।

परराष्ट्रमन्त्री राणा भारतीय समकक्षी डा एस जयशंकरको निमन्त्रणामा आइतबार नयाँ दिल्ली प्रस्थान गरेकी हुन् । मन्त्री राणाको भ्रमणअघि नै भारतीय विदेश मन्त्रालयले नेपाललाई निकट छिमेकीका रुपमा आफ्नो प्राथमिकतामा राखेको जनाएको थियो।

मन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

याे पनि

परराष्ट्र मन्त्री राणा र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ९ : ०४ बजे

इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारको व्यवहारलाई ‘विचित्र’ भन्दै

रास्वपालाई शुभकामना दिँदै प्रचण्डले भने- रचनात्मक सहयोग गर्छौँ

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारलाई

बालेन्द्रलाई दलको नेता बनाउने प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह संसदीय दलको

ललितपुरमा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालन 

ललितपुर– ललितपुर महानगरपालिकामा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालनमा आएको छ।

केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत पारित 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव