भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो | Khabarhub Khabarhub

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छन् ।

सोमबार नयाँदिल्लीमा भएको भेटमा मन्त्री राणाले प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको नेपालस्थित भारतीय दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

भेटमा परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो मोदीलाई हस्तान्तरण गरेकी छन् ।

भेटमा नेपाल–भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो । परराष्ट्रमन्त्रीको भ्रमण दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परा अनुरुप रहेको छ । भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन सहकार्यका नयाँ क्षेत्रबारे छलफल र पहिचान गर्ने अवसर पनि प्रदान गरेको उल्लेख गरिएको छ ।

मन्त्री डा राणाले आजै भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गरकी थिइन् । आज दिउँसो उहाँहरूबीच भएको सो भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी हितका साथै उर्जा, व्यापार, पूर्वाधार निर्माण तथा सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको थियो ।

त्यसअवसरमा उनीहरुबीच नेपाल र भारतबीच सहकार्यको अर्को क्षेत्रका रुपमा खेलकुद उदाइरहेको उल्लेख गर्दै नेपाली क्रिकेट टोलीका लागि हालै बैंगलोरस्थित नेशनल क्रिकेट एकेडेमीमा व्यवस्था गरिएको प्रशिक्षण कार्यक्रमको पनि सराहना गरिएको थियो ।

भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा मन्त्री डा राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी थिइन् । यो उनी परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । मन्त्री डा राणा यही भदौ ६ गते स्वदेश फर्कने तालिका छ ।

याे पनि

परराष्ट्रमन्त्री र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  १० : १६ बजे

आज महानवमी : तलेजु भवानी मन्दिर खोलिँदै

काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी

मासु भारतबाट, दाँत कोट्याउने सिन्का चीनबाट

काठमाडौं – देश दशैँमय बनिरहँदा आम नेपालीहरू सबैभन्दा ठूलो यो

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज २५ गते शुक्रबार सन्

महाअष्टमी पर्व मनाइँदै : दुर्गा भवानीको विशेष पूजा

काठमाडौं – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल असोज २५ गते शुक्रबार तदनुसार