आज २०८१ साल असोज ३ गते बिहीबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल असोज ३ गते बिहीबारको राशिफल


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असोज ३ गते बिहीबार तदनुसार सन् २०२४ सेप्टेम्बर १९ तारिख। द्वितीया श्राद्ध। आश्मिन कृष्ण पक्षको द्वितीया तिथि। संविधान दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन रमाइलो छ। सबै ग्रहगोचर अनुकुल छन्। नसोचेका ठाउँमा खर्च गर्नुपर्ने देखिन्छ। सामाजिक र राजनीतिक क्षेत्रमा अवसर प्राप्त हुने योग छ। परिवारको रचनात्मक साथ र सहयोग प्राप्त हुनेछ।

वृष : विश्वबारे जानकारी प्राप्त हुनेछ। प्रविधिसँगै नयाँ ज्ञान प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँगको वार्ताले मन हलुका हुनसक्छ। परिवासँग बसेर खानपान गर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : स्वास्थ्यको समस्याले गर्दा परिवारमा खटपटी बढ्नेछ। धार्मिक इतिहास र आलेखमा झुकाब बढ्ने योग छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ।

कर्कट : लगानीका नयाँनयाँ स्रोत पत्ता लाग्नेछन्। प्राविधिक शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। शनिदेवले हरेक ठाउँमा बाधा गरे पनि शनि अनुकल हुनेका लागि दिन सहज हुनेछ। जन्मकुण्डली देखाएर महत्त्वपूर्ण निर्णय गरेमा दैनिकी सहज बन्नेछ।

सिंह : बोलीमा अर्थपूर्ण शब्द प्रस्फुटित हुने दिन छ। तपाईंको बोल्ने कलाको प्रशंसा हुनेछ। परिवारसँगको सम्बन्धमा सुझबुझ नहुँदा खानपानमा समस्या हुनसक्छ। वैदेशिक रमझमले मन अशान्त बन्ने जोखिम रहेको छ।

कन्या : शिक्षा भन्दा व्यवसाय र राजनीतिकप्रति झुकाब बढ्नेछ। कृषि, पशुपालन र फलफूलको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : घरमा आराम गरेर बस्ने दिन छ। हरेक क्षेत्रमा तपाईंको ठुलो उन्नति र प्रगति भन्दा खर्च बढ्नेछ। काममा खोट देखाउनेको संख्या बढ्नेछ। दार्शनिक साथीसँगको गफमा समय बित्नेछ। कर्तव्य पूरा गर्न मेहनत गर्नुपर्ने दिन छ।

वृश्चिक : उन्नतिका फाइला अगाडि बढ्ने दिन छ। बौद्धिक र सामाजिक क्षेत्रमा गरेका प्रयास सफल हुनेछन्। राजनीतिप्रति मोह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। बन्धुको साथ प्राप्त हुनेछ। साना कुरामा भने झन्झट आइपर्ने हुँदा गणेशको चिन्तन गर्नु राम्रो होला।

धनु : तपाईंको पक्षमा न्याया हुनेछ। साथी र संगठनको आँडमा ठुलाठुला काम बन्नेछन्। धार्मिक कुराले मनलाई नछुतो जोखिम छ। तर मन अशान्त हुँदा धार्मिक बहसमा सहभागी हुन मन लाग्नेछ। संकटमा पयिरवारको भने साथ र सहयोग मिल्नेछ।

मकर : अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ। संयुक्त रुपमा लगानी गरेको भए शिक्षा, स्वास्थ्य र व्यापारमा फाइदा हुनेछ। परिवारको साथले दिन रमाइलो बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भ : मध्यसाढे सातको सामना गर्दै हुनुुन्छ। चतुर्थ केन्द्र र निचो स्थानमा शनिदेव रहेको भए शनि मृत्युन्ञ्जयको पाठ गर्नुपर्नेछ। त्यो गर्न नसके पिपलको दर्शन मात्र गरेमा परिवारमा सुख, शान्त र मेलमिलाप हुनेछ।

मीन : दैनिकी सरल छ। तपाइका विरोधीहरु सक्रिय भएकाले अनावश्यक खर्चबाट बच्नु फाइदाजनक हुनेछ। ठुला व्यक्तिको परामर्श लिएर अगडि बढ्नुपर्ने देखिन्छ। स)कटमा परिवारको भने साथ र सहयोग प्राप्त हुनेछ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ५ : ४१ बजे

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू