प्राप्त उपलब्धिको रक्षा गर्न अग्रसर हुनुपर्छ : राष्ट्रियसभा अध्यक्ष « Khabarhub

प्राप्त उपलब्धिको रक्षा गर्न अग्रसर हुनुपर्छ : राष्ट्रियसभा अध्यक्ष


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधनको प्रक्रिया प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातर्फ अग्रसर हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।

संविधान दिवस २०८१ का अवसरमा सबै नेपालीमा शुभकामना दिँदै उनले संविधानको स्वामित्व र अपनत्व वृद्धि गर्दै समयानुकूल सुधार र परिमार्जन स्वभाविक प्रक्रिया भएको बताएका छन् ।

अध्यक्ष दाहालले सन्देशमा भनेका छन्– ‘पश्चगामी सोचका साथ आउने संविधान संशोधनका तर्क संविधान निर्माणकर्ता र संविधान स्वयम्का लागि मान्य हुन सक्दैनन् । विगतमा गरिएका उपलब्धिमा गर्व र गर्न नसकिएका विषयमा समीक्षा गर्दै अघि बढ्नुमा नै यस दिवस मनाउनुको सार्थकता हुनेछ ।’

उनले संविधान जारी भएयता सङ्घीय संसद्ले थुप्रै ऐन कानुन बनाएको र अझै केही महत्वपूर्ण कानुन बनाउन बाँकी रहेको जनाउँदै संविधानअनुकूलका कानुन छिटो बनाएर शासन व्यवस्थालाई संस्थागत गर्नु सबैको दायित्व भएको उल्लेख गरेका छन् ।

यसैगरी नेपालको राजनीतिक इतिहासमा संविधानसभाबाट संविधान निर्माण गर्नु ऐतिहासिक परिघटना भएको उल्लेख गर्दै उनले आफ्ना प्रतिनिधिले बनाएको संविधानबाट शासित हुने सात दशक लामो जनचाहना वर्तमान संविधानबाट पूरा भएको स्मरण गरेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ८ : ४५ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको