संविधानको विरोधमा सडकमै सुते राजेन्द्र महतो | Khabarhub Khabarhub

संविधानको विरोधमा सडकमै सुते राजेन्द्र महतो


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभर संविधान दिवस मनाइरहँदा मधेशवादी नेता राजेन्द्र महतो भने विरोध गरेर सडकमा सुतेका छन् ।

नवघोषित राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका अध्यक्षसमेत रहेका महतोसहितका नेता कार्यकर्ता बिहीबार काठमाडौंको माइतीघरमण्डलस्थित सडकमै सुतेका हुन् ।

उनीहरूले आन्दोलनका क्रममा संविधानको प्रति पनि जलाएका छन् । महतोसहितका केही मधेशवादी दलहरूले संविधान अधुरो र विभेदकारी रहेको भन्दै संशोधनको मुद्दा उठाइरहेका छन् ।

संविधान दिवसको विरोधमा माइतीघरमा विरोधका क्रममा उनीहरू सडकमा सुतेका हुन् । महतोले यो संविधानको विरोधमा क्रान्तिको आव्हान पनि गरेका छन् ।

उनले यसअघि राष्ट्रिय मुक्ति क्रान्तिको अह्वान भन्दै आन्दोलनमा जाने बताएका थिए । महतो र सुमन सायमीसहितले गैरन्यायिक सडक तथा खोला मापदण्डविरुद्ध आन्दोलनमा जाने बताएका थिए ।

उनीहरूले बहुलराष्ट्र राज्य स्थापनार्थसहित देशलाई सबै नेपालीको साझा बनाउन असोज ३ गते माइतीघरमण्डलमा जम्मा हुन आह्वान गरेका थिए ।

बिहीबार महतोसहित महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीले पनि संविधानको विरोध गरेको छ।

मधेश प्रदेश र संघीय सरकारको सत्ता पक्षीय लोसपाले जनकपुरधाममा कालो झण्डा गाडेर विरोध जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  २ : २३ बजे

तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा आइतबार सुनको मूल्य केही बढेको छ ।

प्रि ओपन सेसन : करिब साढे २ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल

मेसीको दुई गोलमा इन्टर मियामीको शानदार जित

काठमाडौं – लियोनेल मेसीको शानदार प्रदर्शनमा एमएलएस कपमा इन्टर मियामीले

जेन-जी आन्दोलनपछि बदलिएका काठमाडौंका पर्खाल र भित्ताहरू (फोटो फिचर)

काठमाडौं– गत भदौ २३ र २४ गते देशव्यापी रुपमा नयाँ

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै

बाँके– बाँकेको राप्तीसोनारी–४ स्थित चुरे पहाडमा रहेको ‘बर्फानी बाबा’ मन्दिर