रविको गुनासो - कर्मचारीलाई तलब दियो भनेर अपराधी करार गर्न खोजिँदै छ | Khabarhub Khabarhub

रविको गुनासो – कर्मचारीलाई तलब दियो भनेर अपराधी करार गर्न खोजिँदै छ


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो राजनीतिक प्रतिवेदनमा माफी मागेका छन् । उनले कर्मचारीलाई तलब दियो भनेर अपराधी करार गर्न खोजेको गुनासो समेत गरे । 

उनले बुधवार राष्ट्रिय भेलामा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सहकारीको गोरखा मिडियामार्फत सहकारीको रकम अपचलन गरेको आरोपबारे लेखेका हुन् । 

उनले प्रतिवेदनमा लेखेका छन्, ‘मेरा कुनै बेलाका गैर-राजनीतिक तथा अत्यन्त व्यक्तिगत विषयको भारी सिङ्गो पार्टीले अनाहकमा बोक्नु पर्‍यो, यसमा म दुःखी छु ।’ 

रविले मान्छेका रूपमा मेरा आफ्ना कैयौँ कमजोरी भए पनि  आफूबाट अनैतिक, असामाजिक र अराजनीतिक काम नभएको दाबी समेत गरेका छन् । 

यता सहकारी समितिले आफ्नो प्रतिवेदनमा रवि लामिछानेलाई गोरखा मिडियामार्फत सहकारीको रकम लिएको र १५ प्रतिशत  शेयर पनि गैर कानुनी भएको भन्दै कारबाही लागि सिफारिस गरेको छ । 

यस्तो छ रविको सहकारीबारे भनाइ, ‘प्रतिनिधि मित्रहरू, यो प्रतिवेदनमार्फत अरूको आलोचना भन्दा पहिला आफ्नै केही कमजोरी स्विकार्न चाहन्छु । यति धेरै आम चासोको व्यक्ति नहुँदाको बखत कैयौँ निजी मामिलालाई हल्कारुपमा लिनु र तिनको समयमै उचित कानुनी निकास दिन नसक्नु मेरो कमजोरी भयो । राजनीतिमा लाग्नुअघि नै यसरी सबै विषय वा सन्दर्भको योजनाबद्ध उत्खनन र आक्रमण हुन्छ भन्ने कुराको सही आंकलन मैले गर्न सक्नु पर्थ्यो । हुन त कुनै पनि आरोप सत्य छैन । तर, जति प्रश्न उठे, त्यति पनि ठाउँ दिन हुन्थ्यो भन्ने ठान्छु । मेरा कुनै बेलाका गैर राजनीतिक तथा अत्यन्त व्यक्तिगत विषयको भारी सिङ्गो पार्टीले अनाहकमा बोक्नु पर्‍यो, यसमा म दुःखी छु । आफ्नो तागतको हेक्का नराखी बोलिएका बोली, बडेमानका आश्वासन र त्यसैको आधारमा बढेको जनअपेक्षाका पहाड चढ्न हामीलाई निकै गाह्रो भएको सत्य स्विकार्ने अवसर पनि यही हो । मान्छेका रूपमा मेरा कैयौँ कमजोरी होलान् । तर, मबाट अनैतिक, असामाजिक र अराजनीतिक काम भएको छैन । राजनीति यतिसम्म निर्मम र निकृष्ट हुन्छ भन्ने अनुमान र त्यसको पूर्व तयारी गर्न नसक्नु मेरो कमजोरी हो । यसबाट मैले सिक्नुपर्ने विषय त छँदै छ, मलाई हेरेर अरू साथीहरूले पनि सिक्नु पर्ने धेरै विषय छन् । कैयौँ सीमितता र कमजोरीका बाबजुद पनि मलाई निसर्त र निस्वार्थ साथ दिने रास्वपा परिवारका सबै सदस्यप्रति ऋणी छु, नतमस्तक छु र आभारी छु ।

अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चैँ होइन रहेछ, तर । भन्दै बोली लरबराएको, शब्दजाल बुनेर बस्नु परेको छ । संसदीय समितिले प्रस्ट भन्यो कि, सहकारीबाट रवि लामिछानेले एक पैसा लिएको भेटिएन । अझै केही भ्रमहरू छन्, ती पनि तोडिन्छन्। एउटा शेयर सदस्य एवं कर्मचारीका रूपमा संस्थामा आएको पैसाको चेक काट्यो, कर्मचारीलाई तलब दियो भनेर अपराधी करार गर्न खोजिँदै छ । कार्यकारी अध्यक्षले ल्याएर संस्थामा राखेको पैसाको स्रोत कुन कर्मचारीले खोज्न मिल्छ रु राज्यको सम्पत्ति शुद्धीकरण, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र, कर विभाग जस्ता संयन्त्रले हेर्ने कि एउटा कर्मचारीले रु यो जिम्मा नलिए तँ जेल पर्छस् भन्ने हो भने कोही किन कुनै कम्पनीको सम्पत्तिको जोखिम सहन जागिर खान्छ रु यसले निजी व्यवसाय चल्न सक्छ रु’

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ३ : ४५ बजे

अग्नि सापकोटाले भने- जेन-जीको आन्दोलनमा गणतन्त्र विरोधी घुसेर ध्वंसात्मक कार्य गरे

काठमाडौं– नेकपा माओवादी केन्द्रले अत्याधुनिक नयाँ पार्टी कार्यालय भवन बनाउने

हाकिम बन्ने त्यो लिगलिगे दौड, अहिले मन्त्री र कर्मचारी

काठमाडौँ – भदौ २४ र २५ गते भएको जेन–जी आन्दोलन

निर्वाचन र पुनःनिर्माणका लागि बजेट स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन

काठमाडौं– जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण र

विश्वभर उथलपुथल ल्याएका २१ औँ शताब्दीका पाँच क्रान्ति

काठमाडौँ- भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनपछि नेपाली

गृहमन्त्री अर्यालले प्रहरीलाई भने- उच्च मनोबलसहित काममा खट्नुहोस्

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक