ब्रेकिङ स्टोरी

दरबारमार्गमा ‘नेशनल डे कन्सर्ट’, सर्वसाधारणदेखि प्रधानमन्त्रीसम्म (तस्बिरहरू)

By खबरहब

September 19, 2024

काठमाडौं- नवौँ संविधान दिवसको उपलक्ष्यमा बिहीबार काठमाडौंको दरबारमार्गमा ‘नेशनल डे कन्सर्ट’को आयोजना गरिएको छ।

अपराह्न ४ बजेदेखि सुरू भएको कार्यक्रमका लागि विभिन्न ठाउँमा ट्राफिक प्रहरीले डाइभर्सन गरेको थियो। उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरूले सर्वसाधारणदेखि प्रधानमन्त्रीसमेतलाई मनोरञ्जन दिलाए ।

संविधान दिवसको अवसरमा नेपाल सरकारद्वारा आयोजित कन्सर्ट डे मा प्रधानमन्त्री केपी शर्मा ओली र पत्नी राधिका शाक्य सहभागी भए।

त्यसैगरी उपप्रधानमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकसिहतका उच्च सरकारी अधिकारी पनि कन्सर्टमा सहभागी भए।

कन्सर्टमा केही भाग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको पक्षमा नारा लाग्दा तनाव भएको थियो । बालेनको पक्षमा नारा लगाउने केही युवा कुटिएका पनि छन् ।