भूमिसम्बन्धी समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री अधिकारी « Khabarhub

भूमिसम्बन्धी समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री अधिकारी


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या समाधान गर्न छिट्टै आयोग गठन हुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) नुवाकोटले आज विदुरमा आयोजना गरेको अन्तरक्रिया तथा भेटघाटमा उनले आयोगलाई अधिकारसम्पन्न बनाई कात्तिकभित्रै गठन गर्ने तयारी भइरहेको बताए ।

‘विगतका आयोगले काम नगरेको गुनासो धेरै छन् । त्यसमा केही यथार्थ पनि छ । भूमिसम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार आयोग बनाउन अझै केही कानुनी समस्या छन् तर दलीय र सरकारको सहमतिमा सकेसम्म सबै समस्या समाधान गर्नसक्ने गरेर अधिकार सम्पन्न आयोग गठन हुनेछ । आयोगले गर्ने काममा कानुनी प्रश्न उठ्न नदिन भूमि ऐन, नापी ऐनसहित यससँग सम्बन्धित कानुन निर्माण तथा सुधारमा मन्त्रालय लागिरहेको छ’, मन्त्री अधिकारीले भने। 

अब बन्ने आयोगले विगतका आयोगले गरेका कार्यको दायित्व ग्रहण भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधानमा केन्द्रित हुने उल्लेख गर्दै उनले बिर्ता र गुठी समस्या समाधानका लागि क्रमशः कानुन निर्माण गरेर अगाडि बढ्ने सरकारेको लक्ष्य रहेको बताए । 

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ७ : २५ बजे

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका