आजका समाचार : माओवादी पार्टीहरू चाँडै एकताबद्ध हुने प्रचण्डको दाबी, रविलाई कास्की प्रहरीसमक्ष बुझाइयो, काठमाडौंमा प्रदर्शन | Khabarhub Khabarhub

आजका समाचार : माओवादी पार्टीहरू चाँडै एकताबद्ध हुने प्रचण्डको दाबी, रविलाई कास्की प्रहरीसमक्ष बुझाइयो, काठमाडौंमा प्रदर्शन


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

माओवादी पार्टीहरूको एकता चाँडै टुङ्गोमा पुग्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीहरूको एकतालाई चाँडै टुङ्गोमा पुर्‍याउने बताएका छन् ।

चितवनको भरतपुर–१३ मा माओवादीका बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणका लागि आयोजित जनसांस्कृतिक कार्यक्रम सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।


पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले एउटै ‘स्कुलिङ’बाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरू एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको बताए ।

आफूहरू शान्ति–सम्झौतामा आउँदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा दलालहरूको गणतन्त्र बनाउने भन्ने विषयमा कुनै विन्दुमा पुगेर सङ्घर्ष हुन्छ भन्ने विश्लेषण गरिएको उल्लेख गर्दै उनले अब त्यो विन्दु आएको बताए ।

‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक पर्दैन : प्रधानमन्त्री ओली

वर्षमानको दाबी-कांग्रेस–एमाले सम्बन्धमा दरार आइसक्यो, सरकार लामो जाँदैन

माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ : विप्लव

सभामुख घिमिरेलाई सांसद लामिछाने पक्राउको जानकारी

उच्चस्तरीय चिनियाँ टोली काठमाडौंमा

भूमिसम्बन्धी समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री अधिकारी

रौतहट एमालेका युवा नेता कुशवाहा सम्मानित

ट्राफिक प्रहरीले कागजी चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने

रविलाई सीआईबीले कास्की प्रहरीसमक्ष बुझायो

रातभरको कार्यकर्ताको नाराबाजीलाई छल्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की प्रहरीको जिम्मा लगाएको छ। शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरेर सडकमार्ग हुँदै पोखरा ल्याएको सीआईबीले शनिबार बिहान ३ बजेतिर कास्की प्रहरीको जिम्मा लगाएको हो।

सीआईबीले सुरुमा रविलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गराएर जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्‍याइएको थियो। उनी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्।


रविलाई पोखरामा पुर्‍याएर कास्की प्रहरीको हिरासतमा राखेपछि रास्वपा उपाध्यक्षद्वय स्वर्णिम वाग्ले र डिपी अर्यालसँगै रविपत्नी निकिता पौडेलले भेट गरेका थिए। त्यसअघि कार्यकर्ताले प्रहरी कार्यालयमा रविको पक्षमा नाराबाजी गरिरहेका थिए।

सरकारलाई वर्षमानको प्रश्न : रवि पक्राउ पर्दा धनराज र ऋषिकेशलाई किन छुट ?

रवि लामिछाने पक्राउको विरोध गर्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

रवि लामिछाने पक्राउको विरोधमा पोखरामा प्रदर्शन

रवि पक्राउ परेपछि सन्तोष परियारले भने- कानुनी प्रक्रियालाई सघाउन तयार छौँ

न्यायालयप्रति विश्वास छ, सघाउँछौँ : डीपी अर्याल

सातदोबाटोमा रोकेर राखेको बसमा आगलागी
ललितपुरको सातदोबाटोमा रोकेर राखिएको सार्वजनिक बसमा आगलागी भएको छ ।

ललितपुर महानगरपालिका–१५ सातदोबाटो चोक नजिक रोकेर राखेको अवस्थामा आज अपराह्‍न चक्रपथमा चल्ने महानगर यातायातको बा४ख १०६ नंको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवरत्न पौडेलले दिए।


सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस ‘बस पाकेट’मा रोकेर राखिएको अवस्थामा अचानक तार ‘सट’ भई आगलागी भएको उनले जानकारी दिए ।

कावासोतीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, २८ घाइते

क्षतिग्रस्त तामाकोसी जलविद्युत् आयोजनाको मर्मतसम्भार शीघ्र थालिने

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

ट्राफिक प्रहरीले कागजी चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने

तीनकुने क्षेत्रको बागमतीबाट एक ‘मेट्रिक टन’ फोहर व्यवस्थापन

बाढीले बागमती मनुष्मारा झाँझ सिँचाइ प्रणालीमा दुई करोडको क्षति

इजरायली प्रधानमन्त्रीको निवासमा हिजबुल्लाहद्वारा रकेट प्रहार
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवास नजिकै लेबनानको हिजबुल्लाहले ड्रोन आक्रमण गरेको छ ।

इजरायली मिडियामा हाइफाको सिजेरिया क्षेत्रमा शनिवार बिहान विस्फोटको आवाज सुनिएको खबरहरू प्रकाशन र प्रसारण गरिएका छन् ।


इजरायली सेना (आईडीएफ) ले लेबनानबाट प्रहार गरिएको ड्रोन एक घरमा खसेको बताएको छ । उसले अहिलेसम्म विफोटबाट घाइते भएकाहरूका बारेमा कुनै सूचना नआएको पनि बताएको छ ।

यरुशलम पोस्टलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले सिजेरियामा ड्रोन आक्रमणको समयमा नै इजरायलको राजधानी तेल अविवमा पनि साइरनको आवाज सुनिएको जनाएका छन् ।

एयर न्युजिल्याण्डको विमानमा बमको धम्की

फ्रान्सेली विदेश मन्त्री ब्यारोट एकता भ्रमणका लागि युक्रेनमा

क्युबामा देशभर विद्युत अवरुद्ध

प्यालेस्टाइनी प्रशासनका राष्ट्रपतिलाई भ्लादिमिर पुटिनको निम्तो

गाजाको शरणार्थी शिविरमा इजरायली आक्रमण, ३३ जनाको ज्यान गयो

‘सुडानमा ३० लाख भन्दाबढी मानिसहरू हैजाको जोखिममा’

 

 

 

 

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ७ : ५९ बजे

भैरहवामा बिपी मेमोरियल कप सुरु

रुपन्देही – बिपी कोइरालाको स्मृतिमा भैरहवामा आजदेखि बिपी कोइराला मेमोरियल

कांग्रेस र कम्युनिष्टका कारण मुलुक गम्भीर अवस्थामा पुग्यो : उपेन्द्र यादव

जलेश्वर – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

गाजामा रहेका इजरायली बन्धकलाई रिहा गर्न अलकायदाको आग्रह

पेरिस – अलकायदाका सम्भावित वर्तमान नेताका सल्लाहकारले गाजामा बन्धक बनाइएका

‘अत्यधिक हरित गृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरूले नेपाललाई क्षतिपूर्ति दिनुपर्छ’

मुगु – वन तथा वातवरणमन्त्री ऐनबहादुर शाहीले अत्यधिक हरित गृह

असोजमा साढे ३० हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमे

गण्डकी – गत असोज महिनामा ३० हजार सात सय ३२