फेरि पक्राउ परे दुर्गा प्रसाईं « Khabarhub

फेरि पक्राउ परे दुर्गा प्रसाईं


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीबारे विवादास्पद विवरण सार्वजनिक गरेका भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई भक्तपुरस्थित निवासबाटै प्रकाउ गरेको हो ।

सीआईबीका एक अधिकारीका अनुसार प्रधानमन्त्री ओलीबारे फेक भिडियो र डकुमेन्ट सार्वजनिक गरेपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

प्रसाईंले केही युट्युबर भेला पारेर प्रधानमन्त्री ओलीले कम्बोडियामा अर्बौँ लगानी गरेको भन्दै ‘फेक सामग्रीसहितको विवरण’ सार्वजनिक गरेको सीआईबीका एक अधिकारीले बताए ।

प्रसाईंले ओलीको लगानी रहेको जिकिरसहित सोमबार मात्रै फेसबुकमासमेत केही विवरण सार्वजनिक गरेका थिए । उनले ‘केपी ओलीको कम्बोडियामा लगानी, हालका देशका प्रधानमन्त्रीको असली चरित्र’ शीर्षकमा एउटा भिडियो पनि फेसबुक वालमा हालेका थिए ।

उनले उक्त विवरण सार्वजनिक गरिसकेपछि आफू गिरफ्तारीमा पर्न सक्ने पनि उल्लेख गरेका थिए । त्यसपछि मंगलबार उनले आफूलाई पक्राउ गर्न सक्ने भन्दै फेसबुकमा लेखेकाे थिए ।

‘हिजो मैले कम्बोडियामा केपी ओलीको लगानी रहेको विषय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेसँगै मलाई यो राज्य सत्ताले फेरि झूटो मुद्दा लगाई पक्राउको तयारी गरेको छ’, उनले भनेका थिए, ‘मलाई साइबर क्राइम, राज्यद्रोह वा अन्य जुनसुकै मुद्दामा पक्राउ गरे पनि सचेत र चनाखो रहन आग्रह गर्दछु ।’

बीएन्डसी मेडिकल कलेजका मालिकसमेत रहेका प्रसाईं यसअघि गत असोज ६ गते पनि पक्राउ परेका थिए । त्यसबेला साइबर क्राइम र चरित्र हत्या आरोपमा पक्राउ परेका उनी १५ असोजमा एक लाख रुपैयाँ धरौटीमा छुटेका थिए । त्यसपछि उनी ‌ओलीविरुद्ध झन् झन् आक्रमक भएर लागेका थिए ।

त्यसबेला प्रसाईविरुद्ध सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको थियो । सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको थियो । यी मुद्दामा प्रसाईलाई अधिकतम ५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको माग गरिएको थियो ।

प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौलाको चरित्र हत्या हुनेगरी सार्वजनिक अभिव्यक्ति दिएपछि साइबर अपराधको आरोपमा पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  १२ : ३७ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि