भिमादका पैँतीस खानेपानी आयोजनामा क्षति « Khabarhub

भिमादका पैँतीस खानेपानी आयोजनामा क्षति


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तनहु तनहुँको भिमाद नगरपालिका क्षेत्रमा यस वर्षको बाढी र पहिरोले ३५ बढी खानेपानीमा क्षति पुर्‍याएको छ । गत असार, साउन र असोजमा आएको बाढी र पहिरोले साना ठूला गरी उक्त खानेपानी योजनामा क्षति बनाएको हो । 

नगरपालिकाले खानेपानी क्षेत्रमा विनियोजन गरेको करिब ५० लाख बजेटले नधानेपछि विकास निर्माणको बजेट खर्च गर्नुपरेको भिमादका नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए। 

उनले भने, “कार्यपालिका बैठकबाट निर्णय गरी विकास बजेटबाट खानेपानी योजना मर्मतसम्भारका लागि खर्च गरिएको छ ।”

‘विकास निर्माणको करिब रु २५ लाख खर्च गरिएको छ’, उनले भने, ‘खानेपानी संवेदनशील भएकाले खानेपानी योजना मर्मतसम्भार कार्यलाई प्राथामिकता दिइएको छ ।’ उपभोक्तामार्फत नगरपालिकामा निवेदन आएपछि प्राविधिकले लागत अनुमान गरी अनुगमनपश्चात् मर्मतसम्भार कार्य गर्ने गरिएको नगरप्रमुख सुवेदीले बताए।

 ‘नगरपालिकामा अहिले पनि चार-पाँचवटा खानेपानी योजनाका निवेदन परेको छ’, उनले भने, ‘प्राविधिक खटाएर लागत अनुमानपश्चात् मर्मतसम्भारका कार्य अघि बढाउँछौ, अधिकांश योजनाको मर्मत कार्य भइसकेको छ ।’

जिल्लाका अन्य पालिकाको तुलनामा असार र साउनमा आएको बाढी र पहिरोले भिमाद नगरपालिका क्षेत्रमा धेरै क्षति बनाएको आकलन गरिएको नगरप्रमुख सुवेदीले बताउनुभयो । ठूला खानेपानी योजनामा रु आठ लाखदेखि १० लाख खर्च आइरहेको नगरपालिकाले जनाएको छ ।

‘विकास निर्माणका भौतिक संरचना आउँदो वर्ष गरौँला’, नगरप्रमुख सुवेदीले भने, ‘नागरिकलाई खानेपानीबाट वञ्चित गर्नु हुँदैन भनेर नगरपालिका सक्रिय रुपमा लागिपरेको छ ।’ 

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  २ : २६ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको