३ महिनामा २.५ प्रतिशतले बढ्यो निजी क्षेत्रको कर्जा  « Khabarhub

३ महिनामा २.५ प्रतिशतले बढ्यो निजी क्षेत्रको कर्जा 


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं चालु आर्थिक वर्ष २०८१-८२ को ३ महिनामा निजी क्षेत्रमा प्रवाह हुने कर्जा २.५ प्रतिशतले बढेको छ । 

आज नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२८ अर्ब ६५ रुपैयाँ अर्थात २.५ प्रतिशतले बढेको बढेको देखिएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०९ अर्ब ३ रुपैयाँ (२.३ प्रतिशत) ले बढेको राष्ट्र बैंकले  जनाएको  छ । वार्षिक बिन्दुगत आधारमा २०८१ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.० प्रतिशतले बढेको केन्द्रिय बैंकले बताएको छ । 

२०८१ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.० प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.० प्रतिशत रहेको बैंकको भनाई छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.१ प्रतिशत र ३६.९ प्रतिशत रहेको बैंकको तथ्यांकमा उल्लेख छ ।  

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २.५ प्रतिशतले, विकास बैंकहरुको २.४ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ३.९ प्रतिशतले बढेको छ । 

तथ्यांकमा २०८१ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर– कृषिजन्य वस्तु)को सुरक्षणमा १३.४ प्रतिशत रहेको छ भने घर जग्गा धितो सुरक्षणमा ६५.८ प्रतिशत रहेको उल्लेख छ । २०८० असोज मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.० प्रतिशत र ६७.३ प्रतिशत रहेको बैंकले जनाएको छ ।  

 तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले, यातायात, सन्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४.७ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा २.६ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.४ प्रतिशतले घटेको बैंकको सार्वजनिक तथ्यांकमा उल्लेख छ । 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २.७ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा १७.५ प्रतिशतले, ट्रस्ट रिसिट (आयात) कर्जा १७.४ प्रतिशतले, हायर पर्चेज कर्जा ०.७ प्रतिशतले, नगद प्रवाह कर्जा १.९ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) १.५ प्रतिशतले बढेको छ भने अधिविक वर्ष कर्जा ५.८ प्रतिशतले घटेको राष्ट्र बैंकले बताएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ३ : ११ बजे

जेनजी शहीद स्मारक पार्क निर्माण अलपत्र (तस्बिरहरू)

काठमाडौँ– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका

विश्वकपमा स्वीडेनको सानदार सुरुआत, ट्युनिसियामाथि ५ गोलको वर्षा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा स्वीडेनले

जयतु संस्कृतम् दिवस मनाइँदै

काठमाडौँ– नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज विभिन्न

ट्राफिक प्रहरीबाट एकै दिन साढे १० लाख राजस्व संकलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार २५ सवारीचालकलाई सवारी

विष्णु माझीले सरप्राइज शैलीमा सार्वजनिक गरेको गीत ‘झोर्ले हजुर’लाई कमजोर भ्युज

काठमाडौं – गोप्य जीवनशैली र उत्कृष्ट गायन क्षमताले सधैँ चर्चामा