नेपाली यू-१९ टिम कर्नाटकासँग पराजित, सिरिज २-२ को बराबरी « Khabarhub

नेपाली यू-१९ टिम कर्नाटकासँग पराजित, सिरिज २-२ को बराबरी


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको कर्नाटकाको यू-१९ टिमले नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमलाई पराजित गर्दै जारी सिरिज बराबरी गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा आज कर्नाटकाले नेपाललाई ५ विकेटले पराजित गर्दै सिरिज २-२ को बराबरी गरेको हो । नेपालले दिएको १०६ रनको लक्ष्य पछाएको कर्नाटकाले ३७ ओभरमा ५ विकेट गमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि नेपालले पहिला ब्याटिङ गर्दै ३५.२ ओभरमा अलआउट हुँदै १०५ रन बनाएको थियो ।

यस सिरिजमा पहिलो खेल कर्नाटकाले जितेको थियो भने दोस्रो र तेस्रो खेल नेपालले जितेको थियो । योसँगै ५ खेलको सिरिजमा नेपाल २-२ ले बराबरी भएको । अब सिरिजको पाँचौँ तथा अन्तिम खेल बिहीबार हुने छ ।

नेपालले नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म हुने यू-१९ एशिया कपको तयारीको रुपमा यो सिरिज खेलिरहेको छ ।

एसियन कपमा नेपाल समूह बी मा रहेको छ । नेपाल रहेको समूहमा श्रीलंका, बङ्गलादेश र अफगानिस्तान रहेका छन् । त्यस्तै समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् । हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

नेपालले आफ्नो पहिलो खेल नोभेम्बर २९ तारिखमा श्रीलंकासँग, दोश्रो खेल डिसेम्बर १ तारिखमा बंगलादेशसँग र तेश्रो खेल डिसेम्बर ३ तारिखमा अफगानिस्तानसँग खेल्ने भएको छ । 

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ३ : ३३ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित