रियलले जित्यो इन्टरकन्टिनेन्टल कप « Khabarhub

रियलले जित्यो इन्टरकन्टिनेन्टल कप


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रियल म्याड्रिडले फिफा इन्टर कन्टिनेन्टल कपको उपाधि जितेको छ। उपाधि जित्ने क्रममा रियल म्याड्रिडले मेक्सिकोको पाचुवालाई ३-० ले हराएको हो।

कतारको लुसाइल रङ्गशालामा भएको खेलमा रियलका लागि पहिलो हाफमा केलिएन एम्बाप्पेले गोल गरेका थिए। सोही रङ्गशालामा दुई वर्ष अघि भएको विश्वकप फुटबलको फाइनलमा एम्बाप्पेले ह्याट्रिक गरेका थिए।

रियलका लागि दोस्रो हाफमा रोड्रिगो र भिन्सियस जुनियरले गोल गरे। एम्बाप्पेले भिन्सियसको सहयोगमा पहिलो गोल गरेका थिए। दोस्रो हाफको सातौँ मिनेटमा रोड्रिगोले गोल गरे। प्राप्त पेनाल्टीलाई उपयोग गर्दै भिन्सियसले तेस्रो गोल गरे। फिफा क्लब विश्वकपलाई प्रतिस्थापन गर्दै इन्टरकन्टिनेन्टल कप प्रतियोगिताको सुरुवात भएको हो।

५ वटा महादेशीय च्याम्पियनको प्रतियोगितामा सहभागिता रहनेछ। पाचुवा मेक्सिकोको च्याम्पियन हो। प्रतियोगितामा उत्कृष्ट खेलाडी रियलका जुनियर भए। उनी नै शीर्ष गोलकर्ता समेत भए।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ८ : ४० बजे

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी

ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत

काठमाडौं– स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही

रातारात टेकु लगिएका चोलेन्द्रलाई कडा सुरक्षासहित घरमै पुर्‍याइयो, निगरानी गर्न प्रहरी तैनाथ 

काठमाडौं– सुरक्षा थ्रेट भन्दै शनिबार राति २ बजे अपराध अनुसन्धान