रियलले जित्यो इन्टरकन्टिनेन्टल कप | Khabarhub Khabarhub

रियलले जित्यो इन्टरकन्टिनेन्टल कप


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रियल म्याड्रिडले फिफा इन्टर कन्टिनेन्टल कपको उपाधि जितेको छ। उपाधि जित्ने क्रममा रियल म्याड्रिडले मेक्सिकोको पाचुवालाई ३-० ले हराएको हो।

कतारको लुसाइल रङ्गशालामा भएको खेलमा रियलका लागि पहिलो हाफमा केलिएन एम्बाप्पेले गोल गरेका थिए। सोही रङ्गशालामा दुई वर्ष अघि भएको विश्वकप फुटबलको फाइनलमा एम्बाप्पेले ह्याट्रिक गरेका थिए।

रियलका लागि दोस्रो हाफमा रोड्रिगो र भिन्सियस जुनियरले गोल गरे। एम्बाप्पेले भिन्सियसको सहयोगमा पहिलो गोल गरेका थिए। दोस्रो हाफको सातौँ मिनेटमा रोड्रिगोले गोल गरे। प्राप्त पेनाल्टीलाई उपयोग गर्दै भिन्सियसले तेस्रो गोल गरे। फिफा क्लब विश्वकपलाई प्रतिस्थापन गर्दै इन्टरकन्टिनेन्टल कप प्रतियोगिताको सुरुवात भएको हो।

५ वटा महादेशीय च्याम्पियनको प्रतियोगितामा सहभागिता रहनेछ। पाचुवा मेक्सिकोको च्याम्पियन हो। प्रतियोगितामा उत्कृष्ट खेलाडी रियलका जुनियर भए। उनी नै शीर्ष गोलकर्ता समेत भए।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ८ : ४० बजे

ट्रम्प र मोदीको भेटवार्ता : व्यापारको विषयमा छलफल

न्युयोर्क – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग

नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति

काठमाडौं– अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण

१४ फेब्रुअरीमै किन मनाइन्छ ‘भ्यालेन्टाइन डे’ ?

काठमाडौं– आज १४ फेब्रुअरी अर्थात् ‘भ्यालेन्टाइन्स डे’ । पश्चिमा मुलुकमा धेरै

ट्रम्प र पुटिनको सहमति स्वीकार नगर्ने जेलेन्सकीको भनाइ

न्युयोर्क – युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले आफ्नो अनुपस्थितिमा अमेरिकी राष्ट्रपति

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय