दोस्रो क्वालिफायर : चलेनन् कर्णालीका ब्याटर, जनकपुरलाई ११९ रनको सहज लक्ष्य « Khabarhub

दोस्रो क्वालिफायर : चलेनन् कर्णालीका ब्याटर, जनकपुरलाई ११९ रनको सहज लक्ष्य


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको दोस्रो क्वालिफायरमा कर्णाली याक्सका ब्याटर नचल्दा जनकपुर बोल्ट्सले ११९ रनको सहज लक्ष्य पाएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाालीले २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनाएको हो ।

क्वालिफायरमा जनकपुरका बलर सामु कर्णालीका ब्याटर टिक्न सकेनन् । गुलशन झाले सर्वाधिक २५ रन जोडे । उनले २० बलमा १ चौका र २ छक्काको सहयोगमा २५ रन जोडे ।

२० बल खेलेका अर्का ब्याटर ओपनर देव खनालले २४ रन बनाएर । उनले ३ चौका र १ छक्का प्रहार गरेका थिए ।

क्वालिफायरमा जनकपुरका बलर सामु कर्णालीका ब्याटर टिक्न सकेनन् । यो इनिङमा कर्णालीका ब्याटरहरुले जम्मा १० चौका र ३ छक्का मात्रै प्रहार गरे ।

गुलशन झाले सर्वाधिक २५ रन जोडे । उनले २० बलमा १ चौका र २ छक्काको सहयोगमा २५ रन जोडे ।

युनिश ठकुरीले १७ बलमा २ चौकाको सहयोगमा १२ रन जोडे । ओपनर जयकिशन कोलसेवाला रनको खाता मात्रै खोलेर आउट भए । उनले ४ बल खर्चेर १ रन मात्रै बनाएका हुन् ।

कर्णालीका जिशान मकसूद १२, विलियम बिसिस्टो १४ र चाडबिक वाल्टन ११ रनमा आउट भए ।

बलिङतर्फ जनकपुरका ललित राजवंशी, जेम्स नीशम र महोम्मद मोसिनले समान दुई–दुई विकेट लिए ।

ललितले कर्णालीका ओपनर जयकिशन र विलियम बोसिस्टोको विकेट लिए ।

जेम्सले कर्णालीका ओपनर देव खनाल र युनिश ठकुरीलाई पवेलियन फर्काए । महोम्मद मोसिनले जिशान मकसूद र गुलशन झाको विकेट लिए ।

तस्बिरहरू : चिरायु शाक्य

तस्बिर : चिरायु शाक्य

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  २ : ०५ बजे

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको