कर्णालीविरुद्ध संघर्षपूर्ण जित निकाल्दै फाइनलमा पुग्यो जनकपुर « Khabarhub

कर्णालीविरुद्ध संघर्षपूर्ण जित निकाल्दै फाइनलमा पुग्यो जनकपुर


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ ।

दोस्रो क्वालिफायरमा कर्णालीले दिएको ११९ रनको सामान्य लक्ष्य जनकपुरले १८ दशमलव ५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो ।

यससँगै जनकपुरले एनपीएलको फाइनलमा सुदूरपश्चिमविरुद्ध भिडन्त पक्का गरेको छ । शनिबार फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर प्रतिस्पर्धा गर्नेछन् ।

टस जितेर ११९ रनको सामान्य लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले संघर्षपूर्ण जित निकालेको हो । ब्याटिङ नचल्दा कर्णालीको एनपीएल यात्रा पनि टुंगिएको छ ।

जनकपुरका ओपनरसहित सुरुवाती क्रममा ब्याटर सस्तैमा आउट भए । १० ओभरमा खेल पुग्दा जनकपुरले ४ विकेट गुमाउँदै ४१ रनको नाजुक अवस्थामा थियो ।

जेम्स नीशमले जनकपुरकलाई उकासे । उनले १७ बलमा २ चौका र ५ छक्काको सहयोगमा ४५ रन जोडे । जनकपुरबाट सबैभन्दा बढी रन बनाउने उनै हुन् ।

जनकपुरलाई फाइनलमा पुर्‍याउन हर्श थाकरले १७, शेर मल्लले १६ मायन, यादवले १४ र आकाश त्रिपाठीले १३ रन जोडे ।

ओपनरद्वय आशिफ शेख र सुवास कंशाकारसहित अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बलिङतर्फ कर्णालीका विपिन शर्माले सर्वाधिक ३ विकेट लिए । उनले जनकपुरका ओपनर सुवास कंशाकार, जेम्स नीशम र महोम्मद मोसिनको विकेट लिएका हुन् । सोमपाल कामी, विलियम बिसिस्टो, जिसान मकसूदले समान १–१ विकेट लिए ।

तस्बिरहरू : चिरायु शाक्य

तस्बिर : चिरायु शाक्य

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ४ : ०१ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी