दिनमा एक गिलास कागतीपानी पिउँदा हुने फाइदा « Khabarhub

दिनमा एक गिलास कागतीपानी पिउँदा हुने फाइदा


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिहान उठ्नासाथ चिया खाने आम नेपालीको बानी छ । तर चियाको अलावा कागतीपानी खानुका थुप्रै फाइदा छन् । बिहान खाली पेटमा मनतातो पानी पिउनेहरूको जमात बढ्दै गएको छ ।

कागती औषधीय गुणले भरिपूर्ण फल हो । यसलाई घरेलु औषधिका रूपमा समेत लिने गरिन्छ । यसको प्रयोग हामीले चियामा, अचारमा र अनुहारको दाग,धब्बा हटाउनसमेत कागतको रस लगाउने गरिन्छ ।

कागती पानी खाँदा हुने फाइदा :

–बिहानै तातो पानीमा कागतीको रस मिसाएर पिएमा पेट सफा हुन्छ र कब्जियत हुँदैन ।

–बिहान खाली पेटमा कागती पानी पिउनाले मोटोपन पनि नियन्त्रण हुन्छ ।

–कागती पानीको सेवनले पाचन प्रक्रिया राम्रो बनाउँछ र श्वास गन्हाउने समस्या पनि हट्छ ।

–नियमित रूपमा कागती पानी पिउनाले हाम्रो अनुहारलाई स्वस्थ र चम्किलो बनाउँछ ।

–कागती पानीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र शरीरमा भएको हानिकारक तत्त्व बाहिर निष्कासन गर्छ ।

– यदि तपाईँहरूमा पत्थरीको समस्या छ भने पनि कागती पानी निकै उपयोगी हुन्छ । कागतीमा साइट्रिक एसिड पाइन्छ । पत्थरी हुँदा हाम्रो किड्नीभित्र पत्थर बनेको हुन्छ जसलाई फुटाउने काम साइट्रिक एसिडले नै गर्दछ ।

–कागतीमा भिटामिन ‘सी’ पाइने हुनाले हाम्रो सेल्सलाई क्षति हुनबाट जोगाउँछ ।

– कागती पानीको सेवनले रक्तसञ्चारसँग सम्बन्धित कुनै रोग पनि लाग्न दिँदैन ।

–बिहान उठेर नियमित कागती पानी पिउनाले दिनभर शरीरलाई स्फूर्त राख्नुका साथै शरीरमा पानीको कमी हुन दिँदैन ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  १० : १६ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००