दिनमा एक गिलास कागतीपानी पिउँदा हुने फाइदा « Khabarhub

दिनमा एक गिलास कागतीपानी पिउँदा हुने फाइदा


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिहान उठ्नासाथ चिया खाने आम नेपालीको बानी छ । तर चियाको अलावा कागतीपानी खानुका थुप्रै फाइदा छन् । बिहान खाली पेटमा मनतातो पानी पिउनेहरूको जमात बढ्दै गएको छ ।

कागती औषधीय गुणले भरिपूर्ण फल हो । यसलाई घरेलु औषधिका रूपमा समेत लिने गरिन्छ । यसको प्रयोग हामीले चियामा, अचारमा र अनुहारको दाग,धब्बा हटाउनसमेत कागतको रस लगाउने गरिन्छ ।

कागती पानी खाँदा हुने फाइदा :

–बिहानै तातो पानीमा कागतीको रस मिसाएर पिएमा पेट सफा हुन्छ र कब्जियत हुँदैन ।

–बिहान खाली पेटमा कागती पानी पिउनाले मोटोपन पनि नियन्त्रण हुन्छ ।

–कागती पानीको सेवनले पाचन प्रक्रिया राम्रो बनाउँछ र श्वास गन्हाउने समस्या पनि हट्छ ।

–नियमित रूपमा कागती पानी पिउनाले हाम्रो अनुहारलाई स्वस्थ र चम्किलो बनाउँछ ।

–कागती पानीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र शरीरमा भएको हानिकारक तत्त्व बाहिर निष्कासन गर्छ ।

– यदि तपाईँहरूमा पत्थरीको समस्या छ भने पनि कागती पानी निकै उपयोगी हुन्छ । कागतीमा साइट्रिक एसिड पाइन्छ । पत्थरी हुँदा हाम्रो किड्नीभित्र पत्थर बनेको हुन्छ जसलाई फुटाउने काम साइट्रिक एसिडले नै गर्दछ ।

–कागतीमा भिटामिन ‘सी’ पाइने हुनाले हाम्रो सेल्सलाई क्षति हुनबाट जोगाउँछ ।

– कागती पानीको सेवनले रक्तसञ्चारसँग सम्बन्धित कुनै रोग पनि लाग्न दिँदैन ।

–बिहान उठेर नियमित कागती पानी पिउनाले दिनभर शरीरलाई स्फूर्त राख्नुका साथै शरीरमा पानीको कमी हुन दिँदैन ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  १० : १६ बजे

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न