वायुसेवा निगमको सञ्चालन करार व्यवस्थापनबाट हुन्छ : मन्त्री किराती | Khabarhub Khabarhub

वायुसेवा निगमको सञ्चालन करार व्यवस्थापनबाट हुन्छ : मन्त्री किराती


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमको सञ्चालन करार व्यवस्थापनबाट हुने बताएका छन् । 

डोल्पो समाजको रजत जयन्ती एवं भवन उद्घाटनका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री किराँतीले निगम यही व्यवस्थापनबाट नचल्ने भन्दै करार व्यवस्थापनबाट निगमलाई सञ्चालन गर्ने गरि अध्ययन कार्यदल बनाइने बताएका हुन् । यही आर्थिक वर्षमा पर्यटक गौरवको क्षेत्रहरू पहिचान गरि घोषणा गर्ने, पर्यटनका सुत्रहरु निर्माण गर्नका लागि संस्कृति नीति तयार गर्ने र पर्यटन ऐन संशोधन गरिने उनले बताए ।

मन्त्री किराँतीले बिमास्थल सञ्चालन, व्यवस्थापन र निर्माणका लागि काठमाडौं लगायत भैरहवा पोखराका साथै नयाँ विमानस्थल निर्माण गर्ने कार्यका लागि पिपिपि मोडलमा जाने जिकिर गरे । यसका लागि अध्ययन समिति छिटै बनाउने उनको भनाइ छ । उनले १० वर्षमा ३५ लाख पर्यटन भित्राउन केहीकेही जोखिम लिनै पर्ने उल्लेख गरे । 

यसअघि पर्यटनको योजना बनेपनि रोडम्याप नबनेकाले आफले बनाउन खोजेको उनले बताए । त्यस्तै मन्त्री किराँतीले अहिलेको संविधान अनुसार सबै धर्म संस्कृति बराबर भएकाले सबैले सबैको अस्तित्वलाई  मान्नुपर्ने बताए । 

उनले माथिल्लो डोल्पामा पर्यटक भित्राउन आधारभूत सूचना र वासस्थानको व्यवस्था गर्नुपर्ने बताए । कार्यक्रममा डोल्पो समाजका अध्यक्ष लगायतका बिभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो । डोल्पो समाज निमा रिन्पोछेद्वारा सन १९९७ मा स्थापना गरिएको थियो । 

राजधानीमा बसोबास गर्ने डोल्पा समूदायहरुका लागि बिभिन्न धार्मिक तथा सामाजिक कार्यहरू आयोजना गर्न गुम्बासामुदायिक हलहरुको आवश्यकता देखेर डोल्पो समाजको गुम्बासामुदायिक भवन निर्माण गरिएको निमा रिन्पोछेले बताए ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ६ : २५ बजे

लिङ्देनको सुझाव : संसद् खोल्न समिति बनाऊँ, गृहमन्त्रीको राजीनामा पछिको कुरा हो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य राजेन्द्र

चितवन निकुञ्जका जनावरको आक्रमणबाट सात जनाको मृत्यु

चितवन– जंगली जनावरको आक्रमणबाट साउनयता सातजनाको मृत्यु भएको छ ।

अनसनरत डा. गोविन्द केसी अस्पताल भर्ना

काठमाडौं- गत २९ बैशाखदेखि अनसन सुरु गरेका डा. गोविन्द केसीको

८ करोडको कोकिनसहित तीन विदेशी महिला पक्राउ, एकजनाको पेटमा भेटियो एक केजी २६० ग्राम

काठमाडौं- प्रहरीले युगान्डाबाट आएका दुईजना महिलालाई करिब ८ करोड रुपैयाँको

जलवायु परिवर्तनले निम्त्याएका समस्यालाई विश्वव्यापी एजेण्डा बनाउनुपर्छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जलवायु परिवर्तनको