वायुसेवा निगमको सञ्चालन करार व्यवस्थापनबाट हुन्छ : मन्त्री किराती « Khabarhub

वायुसेवा निगमको सञ्चालन करार व्यवस्थापनबाट हुन्छ : मन्त्री किराती


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमको सञ्चालन करार व्यवस्थापनबाट हुने बताएका छन् । 

डोल्पो समाजको रजत जयन्ती एवं भवन उद्घाटनका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री किराँतीले निगम यही व्यवस्थापनबाट नचल्ने भन्दै करार व्यवस्थापनबाट निगमलाई सञ्चालन गर्ने गरि अध्ययन कार्यदल बनाइने बताएका हुन् । यही आर्थिक वर्षमा पर्यटक गौरवको क्षेत्रहरू पहिचान गरि घोषणा गर्ने, पर्यटनका सुत्रहरु निर्माण गर्नका लागि संस्कृति नीति तयार गर्ने र पर्यटन ऐन संशोधन गरिने उनले बताए ।

मन्त्री किराँतीले बिमास्थल सञ्चालन, व्यवस्थापन र निर्माणका लागि काठमाडौं लगायत भैरहवा पोखराका साथै नयाँ विमानस्थल निर्माण गर्ने कार्यका लागि पिपिपि मोडलमा जाने जिकिर गरे । यसका लागि अध्ययन समिति छिटै बनाउने उनको भनाइ छ । उनले १० वर्षमा ३५ लाख पर्यटन भित्राउन केहीकेही जोखिम लिनै पर्ने उल्लेख गरे । 

यसअघि पर्यटनको योजना बनेपनि रोडम्याप नबनेकाले आफले बनाउन खोजेको उनले बताए । त्यस्तै मन्त्री किराँतीले अहिलेको संविधान अनुसार सबै धर्म संस्कृति बराबर भएकाले सबैले सबैको अस्तित्वलाई  मान्नुपर्ने बताए । 

उनले माथिल्लो डोल्पामा पर्यटक भित्राउन आधारभूत सूचना र वासस्थानको व्यवस्था गर्नुपर्ने बताए । कार्यक्रममा डोल्पो समाजका अध्यक्ष लगायतका बिभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो । डोल्पो समाज निमा रिन्पोछेद्वारा सन १९९७ मा स्थापना गरिएको थियो । 

राजधानीमा बसोबास गर्ने डोल्पा समूदायहरुका लागि बिभिन्न धार्मिक तथा सामाजिक कार्यहरू आयोजना गर्न गुम्बासामुदायिक हलहरुको आवश्यकता देखेर डोल्पो समाजको गुम्बासामुदायिक भवन निर्माण गरिएको निमा रिन्पोछेले बताए ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ६ : २५ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका