विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षकाअनुसार रूपन्देही शुद्धोधन गाउँपालिकाका २२ वर्षीय आकाश पटवार अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । उनको साथबाट करिब ८ सय मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ । शुक्रबार ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरी टोलीले पटवारलाई पक्राउ गरेको हो ।

त्यस्तै मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका–६ बस्ने २९ वर्षीय नारायण प्रसाद चम्लागाई र सोही ठाउँ बस्ने २९ वर्षीय दल बहादुर राई रहेका छन् । उनीहरुको साथबाट अवैध लागूऔषध ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे ३ प १५९४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

यस्तै कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ झरनासागर टोलबाट अवैध लागूऔषध खैरो हेरोइनसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत पिलिभित टाटरगञ्ज बस्ने २८ वर्षीय ईरफान अली र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

यता मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध डाइजेपाम र नुर्फिनहित भारतविहार पश्चिम चम्पारन छोटीपट्टी गाउँ–८ बस्ने ३० वर्षीय मनोज चौधरी समेत ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

साथै सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१४ बेरीयाघाटबाट अवैध लागूऔषध गाँजासहित ४० वर्षीय शिवराम मुखियालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस्तै बाँकेको नेपालगंज उपमहानगरपलिका- ४ स्थित बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगरसहित २५ वर्षीय शुसान्त शाही समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  १० : ३५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको