कांग्रेस महासमिति बैठकमा नीति प्रस्ताव प्रस्तुत « Khabarhub

कांग्रेस महासमिति बैठकमा नीति प्रस्ताव प्रस्तुत


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहेको छ । ललितपुरको गोदावरीमा हिजो पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको महासमितिको आज बन्दसत्र चलिरहेको छ ।

आजको बन्दसत्रको सुरुमा उपसभापति पूर्णबहादुर खड्काले ६५ पृष्ठको नीति प्रस्ताव पेस गरेका छन् । खड्काले प्रस्तुत गरेको नीति प्रतिवेदनमा केही नयाँ तथा राजसंस्थावादी दलहरुले जनतामा निराशा बेचेर काल्पनिक सपना बाँडिरहेको आरोप लगाइएको छ ।

यस्तै, लोकरिझ्याइँ, अधिनायकवाद र पुनरुत्थानको कुचेष्टा बढेको भन्दै दृष्टिकोणबिनाको लोकप्रियताका निम्ति जे पनि बोल्न उचित नहुने उल्लेख गरिएको छ ।

प्रतिवेदनमा लोकरिझ्याइँमा रम्ने पार्टीको भविष्य नभएको जनाउँदै नयाँ दल र राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोक्ने दलहरूलाई अधिनायकवादीको संज्ञा दिइएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘समस्या र अप्ठ्यारालाई पन्छाएर सही दिशा प्रदान गर्न आर्थिक तथा भौतिक विकास गर्दै सामाजिक रूपान्तरणको बाटोमा अगाडि बढ्नुपर्नेमा त्यसको ठीक विपरीत नागरिकमा थप निराशा बढाउँदै त्यही निराशाको व्यापार गर्न खोजिँदै छ ।’

यस्तै, युवा लक्षित बजेट तथा कार्यक्रमलाई एकद्वार निति अबलम्बन गर्दै युवा सहभागिताका लागि बाधक देखिएका विषय तत्काल संसोधन गर्न प्रस्ताव गरिएको छ ।

यसपछि महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गर्नेछन् भने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेस गर्नेछन्।

बैठकमा पेस भएका प्रस्तावबारे महासमितिको बैठकमा छलफल गरी पास हुनेछन्। महासमिति बैठक बिहीबारसम्म चल्नेछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  १२ : ३३ बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा