आठ वर्ष बित्दा पनि बनेन तामाकोशी पुल « Khabarhub

आठ वर्ष बित्दा पनि बनेन तामाकोशी पुल


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको तामाकोशी नदीमा रहेको पुरानो पुलकै छेउमा निर्माणाधीन नयाँ पुल आठ वर्षदेखि अलपत्र छ ।

लामोसाँघु जिरी सडक खण्डअन्तर्गत पर्ने तामाकोशी पुल निर्माणका लागि ठेकेदार कम्पनी मिलगिरी नेसनल जेभीले २०७३ सालमा ठेक्का सम्झौता गरेको थियो ।

साढे दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले हालसम्म पुलको जग र पिलरबाहेक अन्य संरचना बनाउन सकेको छैन ।

पाँच वटा स्थानीय तहलाई सदरमुकामसम्म जोड्ने र आधा दर्जन हाइड्रोपावरको सामान ढुवानी हुने तामाकोशी पुल अहिले जीर्ण अवस्थामा पुगेको छ ।

जिल्लाको सदरमुकाम चरिकोट हुँदै मैनापोखरी, जिरी, तामाकोशी हुँदै रामेछापको सदरमुकाम मन्थली ओहोरदोहोर गर्ने यो पुललाई ठेकेदार कम्पनीले सात वर्षदेखि अलपत्र पारेको स्थानीय राजन कुमार दाहालले बताए ।

चरिकोट जिरी सडकखण्ड स्तरोन्नति गर्ने सम्झौता हुनुभन्दा एक वर्षअगाडि नै निर्माण सम्झौता भएको यो पुल उक्त सडकखण्ड निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दा पनि अझै अलपत्र अवस्थामा रहेको छ ।

२०७४ सालमा ठेक्का सम्झौता भएको चरिकोट–जिरी ५५ किलोमिटर सडक २०७८ सालमै निर्माण सम्पन्न भइसकेको छ । तर सोही सडकखण्डमा रहेको उक्त पुल निर्माण हुन नसक्दा जोखिम मोलेरै मालवाहक ठूला सवारी ओहोरदोहोर गर्नुपरेको यातायात व्यवसायी बताउँछन् ।

जिल्लाको बैतेश्वर, गौरिशंकर, तामाकोशी, मेलुङ गाउँपालिका र जिरी नगरपालिकाका नागरिक सदरमुकाम तथा राजधानी ओहोरदोहोर गर्ने उक्त पुल निर्माणका लागि ठेकेदार कम्पनीसँगै जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि तथा सडक डिभिजन कार्यालयले समेत चासो नदेखाएको स्थानीयहरूको गुनासो छ ।

पुल निर्माण कम्पनी मिलगिरी नेसनल जेभी सम्पर्कविहीन भएको छ । कोरोना महामारीलाई कारण देखाएर दुई पटक समय थप गरिँदा पनि निर्माण कम्पनी पुल बनाउन आएको छैन ।

करिब ४० वर्षअघि लामोसाँगु–जिरी सडक निर्माण गर्दा बनाएको पुरानो पुल अहिले चारैतिरबाट चिरा परेर जीर्ण अवस्थामा पुगेको छ । सोही जीर्ण रहेको पुरानो पुलबाट सवारीसाधन तथा मालवाहक बस ओहोरदोहोर गरिरहेका छन् ।

निर्माणाधीन अवस्थामा रहेका हाइड्रोपावरका सयौँ टन सामान यही पुरानो जीर्ण पुलबाट ढुवानी हुँदै आएको छ ।

सुबास बस्नेत

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ४ : १० बजे

नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

काठमाडौँ– नेपालमा तुलनात्मक रुपमा नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

जुन घटनापछि मलेसियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो

काठमाडौँ – विद्यालयभित्रै आफ्नै सहपाठी १६ वर्षीया छात्रा याप सिङ

नारायणगढ–मुग्लिन सडक सञ्चालन

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक सञ्चालनमा

भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा

चितवन– भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरी पश्चातको सेवा

लिभरपुलमाथि लिड्सको पुनरागमन जित, ४–२ गोल अन्तरले पराजित

काठमाडौँ – अमेरिकाको सिकागोमा भएको प्रिसिजन मैत्रीपूर्ण फुटबल खेलमा लिभरपुल