इटहरीमा क्यान इन्फोटेक हुँदै « Khabarhub

इटहरीमा क्यान इन्फोटेक हुँदै


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

इटहरी – कम्प्युटर एसोसिएसन नेपाल (क्यान) सुनसरीले फागुन १० गते बिहीबारदेखि इटहरीमा क्यान इन्फोटेक गर्ने भएको छ ।

क्यान सुनसरीले मङ्गलबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको छ । फागुन १० गतेदेखि १४ गतेसम्म हुने इन्फोटेकमा विदेशी साथै नेपाली उत्पादनलाई समेत प्राथमिकताका साथ प्रदर्शन र बिक्री गर्ने तयारी छ ।

क्यान सुनसरीका अध्यक्ष सन्देश राईले छैठौं पटक इन्फोटेक आयोजना गर्न लागेको जानकारी दिए । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरूको छाता सङ्गठन क्यानले नेपालका विभिन्न स्थानमा इन्फोटेक आयोजना गर्ने गरेको छ ।

जसमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा प्रयोगमा रहेका सामाग्री तथा सेवाहरूको प्रदर्शनी र बिक्री वितरण गर्ने गरेको जनाएको छ । इन्फोटेकमा सुचना प्रविधिसम्बन्धि जानकारी लिनका साथै विभिन्न सामाग्री, उपकरणहरु सुपथ मुल्यमा किन्न सकिने उनले जानकारी दिएका छन् ।

इन्फोटेकमा नेपाली सफ्टवेयर कम्पनिद्वारा उत्पादन गरिएका सफ्टवेयर, स्टार्टअप तथा स्वदेशी प्रविधिलाई प्रवद्र्धन गर्नका लागि छुट्टै सफ्टवेयर प्याभिलोन निर्माण गरेको जनाइएको छ ।

जसमा ती नेपाली प्रोडक्टले सहुलियतमा स्टल पाउनेछन् भने नेपालमा सुचना प्रविधि र सफ्टवेयरको क्षेत्रमा गरेको प्रगतीबारे जानकारी लिन सकिनेछ ।इन्फोटेकमा नेपाली सफ्टवेयर कम्पनीद्वारा उत्पादन गरिएका सफ्टवेयर, स्टार्टअप तथा स्वदेशी प्रविधिलाई प्रवर्द्धन गर्नका लागि छुट्टै सफ्टवेयर प्याभिलोन निर्माण गरेको जनाइएको छ ।

क्यान इन्फोटेकमा अनुमानित ३५ लाख खर्च हुने छ भने दुई करोड बढीको कारोबार हुने बताईएको छ । कार्यक्रमको कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले उद्घाटन गर्ने छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ८ : १६ बजे

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको