अन्तरिक्षमा डिनरको आयोजना गर्दै स्पेस वीआईपी « Khabarhub

अन्तरिक्षमा डिनरको आयोजना गर्दै स्पेस वीआईपी


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  अमेरिकाको स्पेस ट्राभल कम्पनी स्पेस वीआईपीले चाँडै अन्तरिक्षमा डिनरको अनुभव दिने भएको छ । कम्पनीले छ घण्टाको हाई-टेक स्पेस बेलुन यात्राको नेतृत्व गर्न मिशेलिन स्टार रेस्टुरेन्टबाट डच शेफ रासमुस मुंकलाई काममा लिएको जनाएको छ । यस यात्राका लागि ६ जनालाई छनोट गरिनेछ, जसलाई पृथ्वीको वायुमण्डलको ९९ प्रतिशतभन्दा माथिको डिनर दिइनेछ ।

कम्पनीका अनुसार यसका लागि टिकटको मूल्य करिब ४.१० करोड रुपैयाँ रहने  छ । यो ६ घण्टाको यात्रा अर्को वर्ष सुरु हुनेछ। यस यात्राका लागि स्पेस वीआईपी कम्पनीले स्पेस पर्स्पेक्टिभ कम्पनीको स्पेसशिप नेप्च्युन प्रयोग गर्नेछ। यसले फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट आफ्नो पहिलो उडान गर्नेछ ।

यात्रुहरू साथी र परिवारकाे सम्पर्कमा हुने 

ब्लुमबर्ग रिपोर्टका अनुसार स्पेस बेलुन समुन्द्र सतहबाट १ लाख फिट उचाइमा पुगेपछि स्पेस बेलुनमा वाइफाइको सुविधा पनि रहने छ । जसबाट उनीहरूले सामाजिक सञ्जालमा आफ्नो यात्रा प्रत्यक्ष प्रसारण गरि आफ्ना साथीभाइ र परिवारसँग पनि जोडिन सक्नेछन्। यात्रुहरूले पृथ्वीको वक्रतामा सूर्योदय हेर्ने मौका पनि पाउनेछन् ।

कम्पनीका अनुसार यात्राको लागि परीक्षण ड्राइभ अप्रिल २०२४ मा सुरु हुनेछ । नासाले विकास गरेकाे यस प्रविधि नेप्च्युन स्पेसशिप रकेट होइन ।  यसलाई कुनै प्रशिक्षण वा विशेष गियर आवश्यक पर्दैन । यसमा स्पेस बेलुनको सहायताले प्रेसराइज्ड क्याप्सुललाई माथि उठाइन्छ ।

पहिलाे गत वर्ष फ्रान्सेली कम्पनी गेफाल्टोले अन्तरिक्षमा डिनरको आयोजना गर्ने घोषणा गरेको थियो । यसले २०२५ बाट मानिसहरूलाई लगभग १.९करोड रुपैयाँमा स्ट्र्याटोस्फियरमा बेलुनमा खाना खाने मौका दिने कम्पनीको दाबी छ ।

श्रोत : दैनिक भास्कर 

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ३ : ३१ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने