अन्तरिक्षमा डिनरको आयोजना गर्दै स्पेस वीआईपी | Khabarhub Khabarhub

अन्तरिक्षमा डिनरको आयोजना गर्दै स्पेस वीआईपी


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  अमेरिकाको स्पेस ट्राभल कम्पनी स्पेस वीआईपीले चाँडै अन्तरिक्षमा डिनरको अनुभव दिने भएको छ । कम्पनीले छ घण्टाको हाई-टेक स्पेस बेलुन यात्राको नेतृत्व गर्न मिशेलिन स्टार रेस्टुरेन्टबाट डच शेफ रासमुस मुंकलाई काममा लिएको जनाएको छ । यस यात्राका लागि ६ जनालाई छनोट गरिनेछ, जसलाई पृथ्वीको वायुमण्डलको ९९ प्रतिशतभन्दा माथिको डिनर दिइनेछ ।

कम्पनीका अनुसार यसका लागि टिकटको मूल्य करिब ४.१० करोड रुपैयाँ रहने  छ । यो ६ घण्टाको यात्रा अर्को वर्ष सुरु हुनेछ। यस यात्राका लागि स्पेस वीआईपी कम्पनीले स्पेस पर्स्पेक्टिभ कम्पनीको स्पेसशिप नेप्च्युन प्रयोग गर्नेछ। यसले फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट आफ्नो पहिलो उडान गर्नेछ ।

यात्रुहरू साथी र परिवारकाे सम्पर्कमा हुने 

ब्लुमबर्ग रिपोर्टका अनुसार स्पेस बेलुन समुन्द्र सतहबाट १ लाख फिट उचाइमा पुगेपछि स्पेस बेलुनमा वाइफाइको सुविधा पनि रहने छ । जसबाट उनीहरूले सामाजिक सञ्जालमा आफ्नो यात्रा प्रत्यक्ष प्रसारण गरि आफ्ना साथीभाइ र परिवारसँग पनि जोडिन सक्नेछन्। यात्रुहरूले पृथ्वीको वक्रतामा सूर्योदय हेर्ने मौका पनि पाउनेछन् ।

कम्पनीका अनुसार यात्राको लागि परीक्षण ड्राइभ अप्रिल २०२४ मा सुरु हुनेछ । नासाले विकास गरेकाे यस प्रविधि नेप्च्युन स्पेसशिप रकेट होइन ।  यसलाई कुनै प्रशिक्षण वा विशेष गियर आवश्यक पर्दैन । यसमा स्पेस बेलुनको सहायताले प्रेसराइज्ड क्याप्सुललाई माथि उठाइन्छ ।

पहिलाे गत वर्ष फ्रान्सेली कम्पनी गेफाल्टोले अन्तरिक्षमा डिनरको आयोजना गर्ने घोषणा गरेको थियो । यसले २०२५ बाट मानिसहरूलाई लगभग १.९करोड रुपैयाँमा स्ट्र्याटोस्फियरमा बेलुनमा खाना खाने मौका दिने कम्पनीको दाबी छ ।

श्रोत : दैनिक भास्कर 

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ३ : ३१ बजे

ईश्वरी जीएमले भनिन्- टीके प्रथाले एमाले बिगाऱ्यो, सल्लाहकारले नेतृत्वलाई गलत सूचना दिएर डुबाए 

ललितपुर– नेकपा (एमाले) केन्द्रीय कमिटीको तीन दिनदेखि जारी बैठकमा केन्द्रीय

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढ्ने क्रम आज पनि जारी

अरबिन्द सिंहले भने- २४ घण्टामै फेल भएको ओलीको प्रतिवेदन बोकेर जनतामा जान सकिँदैन

काठमाडौं— नेकपा (एमाले) का केन्द्रीय सदस्य अरबिन्द सिंहले पार्टीको १०औं

सुनापतिका ७७ परिवार पहिरोको जोखिममा

मन्थली– रामेछाप जिल्लाको सुनापति गाउँपालिकाका ७७ परिवार पहिरोको उच्च जोखिममा

राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तरव्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी