‘एचपीभी’ खोपको दोस्रो मात्रा लगाउन सुरु « Khabarhub

‘एचपीभी’ खोपको दोस्रो मात्रा लगाउन सुरु


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले पाठेघरको मुखमा क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको दोस्रो मात्रा किशोरीलाई लगाउन सुरु गरेको छ । यसअघि खोपको पहिलो मात्रा लगाएका किशोरीलाई दोस्रो मात्रा खोप लगाउन सुरु गरेको हो ।

पहिलो मात्रा खोप लगाएका नौ हजार नौ सय ९९ किशोरीलाई दोस्रो मात्रा लगाउन थालिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए। उनका अनुसार यसअघि पहिलो मात्रा खोप लगाइएका अस्पतालमा नै दोस्रो खोप लगाउन किशोरी जानुपर्नेछ । 

कोशी प्रदेशको कोशी अस्पताल विराटनगरमा, मधेशको नारायणी अस्पताल वीरगञ्जमा, गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णालीको प्रदेश अस्पताल विरेन्द्रनगरमा आजदेखि खोप लगाउन सुरु गरिएको हो । लुम्बिनी प्रदेशको भेरी अस्पतालमा भने मंगलबारदेखि खोप लगाउन सुरु गरिएको छ ।

बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा यही चैत ८ गतेदेखि, सुदूरपश्चिमको डडेल्धुरा अस्पतालमा यही चैत १५ गतेदेखि दोस्रो मात्रा खोप लगाइने खोप शाखा प्रमुख डा गौतमले जानकारी दिए। सरकारले गत भदौ अन्तिम सातादेखि खोप अभियान सञ्चालन गरेको थियो । दोस्रो मात्रा खोप एक हप्ताभित्र प्रदान गरिने उनले बताए। उनका अनुसार करिब १० हजार मात्रा खोप सम्बन्धित अस्पतालमा पठाइसकिएको छ ।

सरकारले चीन सरकारसँग महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको २० हजार मात्रा खोप खरिद गरेको थियो । १० हजार मात्रा पहिलो पटकको अभियानमा लगाइएको थियो । 

खोप शाखाका प्रमुख डा गौतमले १४ वर्ष पूरा भई १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपीभी खोप लगाइएको बताए । यो खोपको दुवै मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमणबाट ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ ।

यसअघि सरकारले सन् २०१६-१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमुनाका रुपमा चितवन र कास्कीमा लगाएको थियो । नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा धेरैमा देखिएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले बताए। उनका अनुसार विश्वमा भने महिलालाई सबैभन्दा बढी स्तनक्यान्सर हुने गरेको छ । 

प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा शाहीले ‘ह्युमन प्यापिलोमा भाइरस’को कारणले पाठेघरको मुखमा क्यान्सर हुने गरेको भन्दै खोप शतप्रतिशत सुरक्षित र ९९ प्रतिशत प्रभावकारी रहेको बताए। उनका अनुसार भाइरसका कारण ९९ प्रतिशत र असुरक्षित यौन सम्पर्क, धूम्रपान तथा सानै उमेरमा विवाह गर्नेलगायत कारणले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ । 

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ४ : २३ बजे

रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत

हिमाली र पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना, तराईमा तातो दिन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

क्यानडालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ – स्विट्जरल्यान्ड क्यानडालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को

हाइटीलाई ४-२ गोलले हराउँदै मोरक्को नकआउट चरणमा

काठमाडौँ – हाइटीको कडा चुनौतीलाई पन्छाउँदै मोरक्को फिफा विश्वकप २०२६