आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार सन् २०२४ अप्रिल २० तारिख। चैत शुक्ल पक्षको द्वादशी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : नसोचेको क्षेत्रबाट आम्दानी हुनसक्छ। सेयरमा लगानी गरेको भए फाइदा हुनेछ। साथीसँग भेट हुनेछ। नयाँ कामको सुरुवात हुनेछ।

वृष : काममा बाधा आइपर्न सक्ने दिन छ। शिक्षा क्षेत्रको लगानीमा घाटा हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानी ठगले खाइदिने जोखिम देखिन्छ। रिसलाई नियन्त्रण गरेर विवेकपूर्ण काम गर्नुपर्ने दिन छ।

मिथुन : साथीले सहयोग गर्नेछन्। गुरुको आर्शिवाद मिल्नेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उन्नति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : परिश्रम अनुसारको फल प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ निरन्तर रहने छ। सामाजिक क्षेत्रबाट सम्मान मिल्नेछ।

सिंह : अधिकारको लडाइनमा सफलता मिल्नेछ। साथीभाइसँग संगत गर्दा बोली र व्यवहारले पक्का बन्नुपर्ने देखिन्छ। जटिल भनेको काम सहजै बन्नसक्छ। परिवारको साथ र सहयोग रहनेछ।

कन्या : परोपकार गर्ने मौका मिल्नेछ। आर्थिक क्षेत्रको लगानीमा समस्या हुनसक्छ। परिवारसँग मेलमिलाप हुनेछ। वैदेशिक क्षेत्रको रोजगारीमा फाइदा हुनेछ। काम गर्दा सचेत बन्नुपर्ने दिन छ।

तुला : शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। मन शान्त बन्नेछ। परोपकारको मौका मिल्नेछ। परिवारको साथ र सहयोग हुनेछ।

वृश्चिक : आर्थिक क्षेत्रमा सुधार हुनेछ। व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। राम्रो कामको चर्चा हुनेछ।

धनु : लामो समयदेखि रोकिएको काम बन्नेछ। श्रम गरेको क्षेत्रमा उन्नति हुनेछ। आर्थिक लाभ हुने दिन छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

मकर : मान र सम्मान प्राप्त हुने योग छ। आर्थिक उन्नति हुनेछ। सामाजिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। रमाइलो यात्राको योग रहेको छ।

कुम्भ : परिवारको साथ र सहयोग निरन्तर रहने छ। रोकिएको काम बन्नेछ। जमिनको कारोबारमा फाइदा हुनेछ। नसोचेका मान्छेले सहयोग गर्नेछन्।

मीन : खुशीको खबर सुन्न पाइने छ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। मन खुशी हुनेछ। परिवारको साथ र सहयोगमा मनोरञ्जन गर्दै दिन बित्नेछ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ५ : २३ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित