आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार सन् २०२४ अप्रिल २० तारिख। चैत शुक्ल पक्षको द्वादशी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : नसोचेको क्षेत्रबाट आम्दानी हुनसक्छ। सेयरमा लगानी गरेको भए फाइदा हुनेछ। साथीसँग भेट हुनेछ। नयाँ कामको सुरुवात हुनेछ।

वृष : काममा बाधा आइपर्न सक्ने दिन छ। शिक्षा क्षेत्रको लगानीमा घाटा हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानी ठगले खाइदिने जोखिम देखिन्छ। रिसलाई नियन्त्रण गरेर विवेकपूर्ण काम गर्नुपर्ने दिन छ।

मिथुन : साथीले सहयोग गर्नेछन्। गुरुको आर्शिवाद मिल्नेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उन्नति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : परिश्रम अनुसारको फल प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ निरन्तर रहने छ। सामाजिक क्षेत्रबाट सम्मान मिल्नेछ।

सिंह : अधिकारको लडाइनमा सफलता मिल्नेछ। साथीभाइसँग संगत गर्दा बोली र व्यवहारले पक्का बन्नुपर्ने देखिन्छ। जटिल भनेको काम सहजै बन्नसक्छ। परिवारको साथ र सहयोग रहनेछ।

कन्या : परोपकार गर्ने मौका मिल्नेछ। आर्थिक क्षेत्रको लगानीमा समस्या हुनसक्छ। परिवारसँग मेलमिलाप हुनेछ। वैदेशिक क्षेत्रको रोजगारीमा फाइदा हुनेछ। काम गर्दा सचेत बन्नुपर्ने दिन छ।

तुला : शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। मन शान्त बन्नेछ। परोपकारको मौका मिल्नेछ। परिवारको साथ र सहयोग हुनेछ।

वृश्चिक : आर्थिक क्षेत्रमा सुधार हुनेछ। व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। राम्रो कामको चर्चा हुनेछ।

धनु : लामो समयदेखि रोकिएको काम बन्नेछ। श्रम गरेको क्षेत्रमा उन्नति हुनेछ। आर्थिक लाभ हुने दिन छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

मकर : मान र सम्मान प्राप्त हुने योग छ। आर्थिक उन्नति हुनेछ। सामाजिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। रमाइलो यात्राको योग रहेको छ।

कुम्भ : परिवारको साथ र सहयोग निरन्तर रहने छ। रोकिएको काम बन्नेछ। जमिनको कारोबारमा फाइदा हुनेछ। नसोचेका मान्छेले सहयोग गर्नेछन्।

मीन : खुशीको खबर सुन्न पाइने छ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। मन खुशी हुनेछ। परिवारको साथ र सहयोगमा मनोरञ्जन गर्दै दिन बित्नेछ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ५ : २३ बजे

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा