आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी « Khabarhub

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर जायन्ट्सले आठ विकेटको शानदार जित निकालेको छ।

लखनउको जितका लागि कप्तान केएल राहुल र क्विन्टन डि ककले अर्धशतक बनाए। चेन्नईले दिएको १७७ रनको लक्ष्य पछ्याएको लखनउले १९ औ ओभरमा मात्र २ विकेट गुमाएर १८० रन बनाउँदै शानादार जित निकालेको हो।

लखनउका कप्तान राहुलले सर्वाधिक ८२ रन बनाए। ५३ बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गरे। डि ककले ४३ बलमा ५ चौका र १ छक्कासहित ५४ रन बनाए।

निकोलस पुरन २३ र मार्कस स्टोइनिस ८ रनमा नटआउट रहे। चेन्नईका मुस्ताफिजुर रहमान र मथिहा पाथिरानाले १–१ विकेट लिए। १९ औ ओभर खेल्दासम्म चेन्नईका अन्य बलर चम्किन सकेनन्।

टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो।

महेन्द्रसिंह धोनी । तस्बिर : क्रिकइन्फो

चेन्नईका लागि महेन्द्रसिंह धोनीले ९ बलमा ३ चौका र २ छक्कासहित २८ रनको आक्रामक इनिङ्स खेले। अन्तिम ओभरमा धोनीले २ चौका र १ छक्कासहित १९ रन बनाएका थिए।

अजिंक्य रहाणे ३६, मोइन अली ३० र कप्तान ऋतुराज गायकवाड १६ रनमा आउट हुँदा रविन्द्र जडेजाले अर्धशतकीय इनिङ खेले। उनी ४० बलमा ५७ रन बनाउँदै नटआउट रहे।

लखनउका कृणाल पाण्ड्याले दुई विकेट लिए भने मोहसिन खान, यश ठाकुर, रवि बिश्वोई र मार्कस स्टोइनिसले एकएक विकेट हात पारे।

शुक्रबार राजितको जितसँगै लखनउ पाँचौँ स्थानमा उक्लिएको छ। ७ खेलबाट लखनउले ८ अंक जोडेको छ। समान ७ खेल खेलेको चेन्नाई ८ अंकसहित रनरेटको आरधामा तेस्रो स्थानमा छ।

आईपिएल अन्तर्गत शनिबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादको खेल हुँदैछ। यो खेल साँझ ७:४५ मा सुरु हुनेछ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ६ : ०५ बजे

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले