आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी « Khabarhub

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर जायन्ट्सले आठ विकेटको शानदार जित निकालेको छ।

लखनउको जितका लागि कप्तान केएल राहुल र क्विन्टन डि ककले अर्धशतक बनाए। चेन्नईले दिएको १७७ रनको लक्ष्य पछ्याएको लखनउले १९ औ ओभरमा मात्र २ विकेट गुमाएर १८० रन बनाउँदै शानादार जित निकालेको हो।

लखनउका कप्तान राहुलले सर्वाधिक ८२ रन बनाए। ५३ बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गरे। डि ककले ४३ बलमा ५ चौका र १ छक्कासहित ५४ रन बनाए।

निकोलस पुरन २३ र मार्कस स्टोइनिस ८ रनमा नटआउट रहे। चेन्नईका मुस्ताफिजुर रहमान र मथिहा पाथिरानाले १–१ विकेट लिए। १९ औ ओभर खेल्दासम्म चेन्नईका अन्य बलर चम्किन सकेनन्।

टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो।

महेन्द्रसिंह धोनी । तस्बिर : क्रिकइन्फो

चेन्नईका लागि महेन्द्रसिंह धोनीले ९ बलमा ३ चौका र २ छक्कासहित २८ रनको आक्रामक इनिङ्स खेले। अन्तिम ओभरमा धोनीले २ चौका र १ छक्कासहित १९ रन बनाएका थिए।

अजिंक्य रहाणे ३६, मोइन अली ३० र कप्तान ऋतुराज गायकवाड १६ रनमा आउट हुँदा रविन्द्र जडेजाले अर्धशतकीय इनिङ खेले। उनी ४० बलमा ५७ रन बनाउँदै नटआउट रहे।

लखनउका कृणाल पाण्ड्याले दुई विकेट लिए भने मोहसिन खान, यश ठाकुर, रवि बिश्वोई र मार्कस स्टोइनिसले एकएक विकेट हात पारे।

शुक्रबार राजितको जितसँगै लखनउ पाँचौँ स्थानमा उक्लिएको छ। ७ खेलबाट लखनउले ८ अंक जोडेको छ। समान ७ खेल खेलेको चेन्नाई ८ अंकसहित रनरेटको आरधामा तेस्रो स्थानमा छ।

आईपिएल अन्तर्गत शनिबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादको खेल हुँदैछ। यो खेल साँझ ७:४५ मा सुरु हुनेछ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ६ : ०५ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका