साउदी प्रो लिग : अल नासरको पुनरागमन जित « Khabarhub

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा अल फयालाई ३–१ गोलले हराउँदै अल नासरले जित निकालेको हो ।

अल नासरका लागि साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरेका थिए । यस्तै, अल फयाका फेसन सकलाले एक गोल गरेका थिए ।

खेलको छैटौँ मिनेटमा अल फयाका सकलाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर १–० गोलले पछि परेको स्थिति उल्ट्याएर अल नासर ३–१ गोलले विजयी बन्यो ।

अल नासरका अब्दुलेहले ७२औँ मिनेटमा र साडियोले ७६औँ र ८२औँ मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै अल नासर २८ खेलबाट ६८ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । अल नासर शीर्षस्थानको अल हिलालसँग ९ अंकले पछि छ । पराजित भएको अल फया २८ ३५ अंकसहित ११औँ स्थानमा छ ।

 

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ७ : २५ बजे

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन

विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ

ललितपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले