सेतो मच्छिन्द्रनाथलाई लगनटोलबाट जनवहाल लगियो (फोटोफिचर) « Khabarhub

सेतो मच्छिन्द्रनाथलाई लगनटोलबाट जनवहाल लगियो (फोटोफिचर)



काठमाडौं । सेतो मच्छिन्द्रनाथलाई शनिबार रथबाट निकालेर लगनटोलबाट जनवहाल लगिएको छ । हरेक बर्ष चैत्र शुक्ल अष्टमीका दिनबाट रथयात्रा सुरु गरिन्छ । यसअघि शुक्रबार लगनटोलमा रहेको मन्दिरमा रथलाई तीन पटक घुमाइएको थियो ।

अष्टमीका दिन निकालिएको सेतो मच्छिन्द्रनाथको मूर्तिलाई पूर्णिमाका दिन मन्दिरमा लगेर रथ यात्रा बिसर्जन गर्नु पर्ने प्रचलन छ ।हिन्दू र वौद्ध धर्माबलम्बीहरुले सेतो मच्छिन्द्रनाथलाई बर्षा र सहकालका देवताका रुपमा श्रद्धापूर्वक पूजा आराधना गर्छन् ।

शैव सम्प्रदायले शिवका रुपमा, शाक्त सम्प्रदायले शक्तिका रुपमा, बौद्ध महायान तथा बज्रयान सम्प्रदायले आर्यावलोकितेश्वरका रुपमा आस्थापूर्वक पूजा गर्नु धार्मिक सदभाव र सहअस्तित्वको उदाहरण हो ।

यसरी गरिने पूजा आराधनाबाट अनिष्ट हट्ने, अकाल मृत्युबाट बच्न सकिने, अशान्ति र असुरक्षाबाट बच्न सकिने, घरमा लक्ष्मी भित्रिने, परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वाश गरिन्छ ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ८ : ३६ बजे

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन