कम्युनिष्ट पार्टीबीच तत्काल एकता सम्भव छैन : राजेन्द्र पाण्डे « Khabarhub

कम्युनिष्ट पार्टीबीच तत्काल एकता सम्भव छैन : राजेन्द्र पाण्डे


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान परिस्थितिमा कम्युनिष्ट पार्टीहरुबीच तत्काल एकताको सम्भावना नरहेको बताएका छन् ।

धादिङ–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा आज उनले कम्युनिष्ट एकताका लागि विचार, कार्यदिशा र सिद्धान्तमा आवश्यक छलफल गर्न बाँकी रहेकाले अहिले एकता नहुने बताए ।

केही नेताहरूले एकताको हल्ला चलाएको भए पनि यसमा कुनै सत्यता नरहेको उनको भनाइ थियो । नेता पाण्डेले कम्युनिष्ट पार्टीहरूमा आ–आफ्नै विचार रहेकाले अहिलेकै अवस्थामा एकता गर्ने अवस्था नरहेको बताए ।

कम्युनिष्ट आन्दोलनको मूलधार आफ्नो पार्टी भएको भन्दै उहाँले निष्ठावान कार्यकर्ता र जनताको बलमा पार्टीको अस्तित्व कायम गर्ने प्रष्ट पारे ।

उपाध्यक्ष पाण्डेले आगामी निर्वाचनमा पार्टीले एक्लै चुनाव लडेर जित्ने दृढताका साथ सङ्गठन विस्तार गर्नुपर्ने र अबको मुख्य कार्यभार सङ्गठन सुदृढीकरण गरी पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  १० : २७ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका