देश र जनताको हितलाई सर्वोपरि राख्नुपर्छ : माधव नेपाल « Khabarhub

देश र जनताको हितलाई सर्वोपरि राख्नुपर्छ : माधव नेपाल


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले निर्वाह गर्ने भूमिका निर्णायक भएको बताएका छन् ।

कोशी प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनमा अध्यक्ष नेपालले एकीकृत समाजवादीले संविधानको रक्षा गर्दै जनताको सेवालाई केन्द्रमा राखेर राजनीति गरेकाले भूमिका निर्णायक बन्दै गएको बताए । कुनै पनि दलले एकीकृत समाजवादीलाई सानो दल वा कमजोर आकलन नगर्न चेतावनी दिँदै त्यस्तो भुल कसैले गरेमा सह्य नहुने प्रष्ट पारे ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले पार्टीले देश र जनताको हितलाई सर्वोपरी राखेको बताए। उनले अहिलेको राजनीतिमा उथुलपुथल पार्ने क्षमता एकीकृत समाजवादी पार्टीसँग भएको उल्लेख गर्दै आफ्नो पार्टी कम्युनिष्ट आदर्श तथा मूल्य–मान्यताअनुसार अगाडि बढेको बताए ।

उनले भने “हामी र हाम्रो दल कसैको दास भएर कसैको इशारामा हिँड्दैनौँ, हामी स्वाभिमानी छौँ ।”

उनले सुदूरपश्चिममा चार सिट हुँदा पनि आफ्नै पार्टीको मुख्यमन्त्री रहेको भन्दै बागमती, मधेससहितका प्रदेशमा एकीकृत समाजवादीको सहभागिताबिना सरकार बनाउने कल्पनासमेत गर्न नसकिने प्रष्ट पारे ।

उनले लोकतान्त्रिक आचरण बोकेका सबै दलसँग समन्वय र सहकार्यको खाँचो औँल्याए। व्यक्तिवाद हाबी भएका कम्युनिष्ट पार्टीसँग कार्यगत एकता नहुने अध्यक्ष नेपालको भनाइ थियो ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  १० : ५६ बजे

तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि आगामी तीन दिन

‘श्रीलंकाका ६४ प्रतिशत बालबालिकाले सिफारिसभन्दा बढी स्क्रिन समय बिताउँछन्’

एजेन्सी– श्रीलंकामा विद्यालय जाने उमेर नपुगेका करिब ६४ प्रतिशत बालबालिकाले

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई भोलि बिहान सम्बोधन गर्ने, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह

बागलुङ- जिल्ला प्रशासन कार्यालयले अति भारीदेखि भारी वर्षाको सम्भावना रहेको