एकपछि अर्को माग थपेर कांग्रेसले संसद्‍लाई बन्धक बनायो : कानुनमन्त्री | Khabarhub Khabarhub

एकपछि अर्को माग थपेर कांग्रेसले संसद्‍लाई बन्धक बनायो : कानुनमन्त्री


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले एकमाथि अर्को माग राखेर कांग्रेसले संसद्‍मा बाधा पुर्‍याएको आरोप लगाएका छन् ।

संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गिरीले प्रतिपक्षीको मागलाई ध्यानमा राखेर संसदीय छानबिन समिति बनाउन सहमति भइसके पनि कांग्रेले अड्को थापेको बताए ।

एकमाथि अर्को माग राखेर कांग्रेसले संसदको कामकारवाहीलाई बाधा गरिरहेको पनि गिरीले बताए ।

संविधानअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिँदा कांग्रेसले गरेको अवरोध गैरलोकतन्त्रिक र असंवैधानिक रहेको उनले बताए ।

संसदीय समिति बनाउन कार्यदलले सहमति खोज्ने प्रयास गर्दा कांग्रेसले सदन अवरोध गर्न नहुने पनि उनले बताए ।

कांग्रेसले गरेको निर्णय त्रुटीपूर्ण रहेकाले यसलाई सच्चाउनुपर्ने जिकिर गिरीले गरेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ४ : ४९ बजे

हमासले ४ सय ८२ दिनपछि छाड्यो तीन इजरायली र पाँच थाई नागरिक

गाजा-प्यालेस्टाइनको विद्रोही समूह हमासले बिहीबार थप बन्दीलाई छाडेको छ ।

उधारो कारोबारमा इमान्दार रहेन सरकार, भुक्तानी दायित्व अर्बौंमा

काठमाडौं – आफ्नै नीति तथा कार्यक्रमको कार्यान्वयन क्रममा सिर्जना भएको

२५औँ संस्करण बुढासुब्बा गोल्डकपको तयारी पूरा

धरान – अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करणको

अध्यादेशविरुद्ध एकीकृत समाजवादी सडकमा उत्रिन पनि तयार

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले निश्चित वर्ग समूहलाई फाइदा हुने गरि

मधेश केन्द्रित दलहरूद्वारा आठ सदस्यीय कार्यदल गठन

काठमाडौं– सत्ता साझेदार र प्रतिपक्षमा रहेका मधेश केन्द्रित विभिन्न आठ