काठमाडौं– कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने क्युआर मर्चेन्टहरुलाई कुमारी मोबाइल बैकिङ एप मार्फत नै दुई लाख रुपैयाँ सम्मको कर्जा उपयोग गर्न सक्ने फोन लोन सुविधा सञ्चालनमा ल्याएको छ ।
यस बाट विशेष गरी घरेलु, साना तथा मझौला उद्यमीहरूका वित्तीय कारोबार डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीका सानातिना वित्तीय आवश्यकता परिपूर्ति हुँदा वित्तीय पहुँच समेतमा विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।
कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ इकाईहरू मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया