विश्वकपको सुपर ८ : इंग्ल्याण्डविरुद्ध ब्याटिङ गर्दै वेस्ट इन्डिज | Khabarhub Khabarhub

विश्वकपको सुपर ८ : इंग्ल्याण्डविरुद्ध ब्याटिङ गर्दै वेस्ट इन्डिज


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर ८ अन्तर्गत दोस्रो खेलमा अहिले वेस्ट इन्डिजले इंग्ल्याण्डविरुद्ध ब्याटिङ गर्दैछ।

टस जितेर इंग्ल्यान्डले सुरुमा फिल्डिङ गर्ने निर्णय लिएपछि वेस्ट इन्डिजले ब्याटिङ गरेको हो । विश्वकप सुपर ८ को समूह–२ मा रहेका इंग्ल्याण्ड र वेस्ट इन्डिज चिरप्रतिद्वन्द्वी टिम हुन् ।

समूह चरणका सबै खेलमा विजयी भएको वेस्टइन्डिज अपराजित यात्रालाई कायमै राख्न चाहन्छ । वेस्ट इन्डिजले समूह चरणको पहिलो खेलमा पिएनजीमाथि ५ विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा युगान्डाविरुद्ध १३४ रनले विजयी भएको थियो। तेस्रो खेलमा न्युजिल्यान्डलाई १३ रनले हराएको वेस्ट इन्डिजले समूह ‘सी’को चौथो खेलमा अफगानिस्तानमाथि १०४ रनको शानदार जित निकालेको थियो।

बुधबार राति भएको समूह २ कै पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकामाथि शानदार जित निकालेको छ । सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले दिएको १९५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको अमेरिकाले ६ विकेटको क्षतिमा १७६ रन बनाउँदा १८ रनको पराजय भोगेको हो।

 

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ६ : १९ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ