१० अंकले घट्यो नेप्से, जीवन बीमा समूहमा भारी गिरावट « Khabarhub

१० अंकले घट्यो नेप्से, जीवन बीमा समूहमा भारी गिरावट


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–साताको अन्तिम अर्थात् बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । यसरी गिरावाट आउँदा सबैभन्दा बढी जीवन बीमा समूहमा गिरावट आएको छ ।

आज नेप्से १०.४४ अंकले बढ्दा जीवन बीमा समूहको परिसूचक ८२ अंकले घटेको छ । अन्य दिनको तुलनामा कारोबारमा पनि कमी आएको छ ।

बिहीबार ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार रुपैयाँको ८६ लाख ६३ हजार ६९९ कित्ता शेयर ५३ हजार १७ पटक किनबेच भएको छ ।

बिहीबार ५२ वटा कम्पनीको मूल्य वृद्धि हुँदा सबैभन्दा बढी फाइन्यस समूहमा उत्साह देखिएको छ ।

आज एकै दिन फाइन्यस समूहमा ४२.०२ अंकले वृद्धि भएको छ । फाइन्स समूहमा ११ वटा कम्पनीले शेयर मूल्य बढेको छ भने १ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा फाइन्सको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज नेप्से १० अंकले घटेसँगै १८६ वटा कम्पनीको शेयर मूल्यमा पनि गिरावट आएको छ । १३ वटा समूहमध्ये १२ वटा समूहको शेयर मूल्यमा पनि गिरावट आएको छ । बिहीबार नेप्सेमा ३०६ वटा कम्पनीको शेयर कारोबार हुँदा ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज सेन्सेटिभ इन्डेक्स २.६९ अंकले, फ्लोट इन्डेक्स ०.७३ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९३ अंकले घटेको छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ३ : २१ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

वीरगन्ज हुँदै ६ महिनामा साढे ७ अर्बको दलहन भित्रियो

पर्सा– वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली