नेप्सेमा प्रि–ओपन सेसन भनेको के हो ? शेयर कतिमा किनबेच गर्ने ? « Khabarhub

नेप्सेमा प्रि–ओपन सेसन भनेको के हो ? शेयर कतिमा किनबेच गर्ने ?


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा शेयर कारोबार गर्ने एउटा मात्र बजार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) छ । नेप्सेमा सामान्यतयाः बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म शेयर कारोबार हुन्छ, त्यो पनि आइतबारदेखि बिहीबारसम्म मात्र ! यसबीच पनि कुनै सार्वजनिक बिदा परेमा त्यो दिन कारोबार हुँदैन ।

शेयर बजारमा चासो राख्ने वा सुन्ने व्यक्तिले प्रि–ओपन सेसनबारे कतै न कतै सुन्ने गरेको छन् । यो सामग्रीमा शेयर बजारमा प्रि–ओपन सेसनबारे सङ्क्षिप्त छ ।

प्रि–ओपन सेसन भनेको पनि शेयर कारोबार हुने अवधिमध्ये शुरुवाती समय  हो । जसरी तपाईंले बिहान ११ देखि बेलुकी ३ बजेसम्म शेयर कारोबार गर्ने गर्नुहुन्छ, त्यसरी नै प्रि-ओपन सेसनमा पनि नेप्सेमा सूचिकृत भएका विभिन्न कम्पनीको शेयर खरिद-बिक्री गर्नु सक्नुहुन्छ ।

तर, प्रि-ओपन सेसन ११ बजे भन्दा अघिको अवधि हो । नेप्सेले प्रि–ओपन सेसन अन्तर्गत बिहान १०ः३० देखि १०ः४५ बजेसम्म कारोबार गर्न दिन्छ । उक्त सेसनमा नेप्सेमा सूचीकृत कम्पनीका शेयर किन्न मिल्छ । १०ः४५ देखि ११ बजेसम्म अर्थात १५ मिनेटको अवधिमा कुनै पनि कम्पनीको शेयर कारोबार हुँदैन ।

प्रि–ओपन सेसनमा अघिल्लो दिनमो मूल्यभन्दा ५ प्रतिशत बढाएर वा घटाएर मात्र कारोबार गर्ने सकिन्छ । त्यो भन्दा बढी मूल्य राखेर प्रि–ओपन सेसनमा शेयर कारोबार गर्न पाइँदैन ।

उदाहरणको रूपमा- ‘क’ नामको कुनै कम्पनीको शेयर प्रतिकिता १०० रुपैयाँमा अघिल्लो दिन कारोबार बन्द भएको छ । सो कम्पनीको शेयर राम भन्ने व्यक्तिले प्रि-ओपन सेसनमा खरिद गर्दा प्रतिकिता १०५ रुपैयाँसम्म मात्र बढाएर किन्न पाउँछन् । त्यो भन्दा कम अर्थात्‌ १०१, १०२, १०३ र १०४ रुपैयाँ प्रतिकितामा रामले खरिद गर्ने पाउँछन्‌ । तर प्रतिकित्ता १०६ रुपैयाँ वा सो भन्दा बढाएर किन्न भने पाउँदैनन् ।

बिक्री गर्दा पनि त्यस्तै प्रक्रिया हुन्छ । यदी ‘ख’ नामक कम्पनीको शेयर प्रतिकिता १०० रुपैयाँ छ । उक्त कम्पनीको शेयर श्यामले प्रि-ओपन सेसनमा बिक्री गर्ने चाहेमा न्यूनतम ९५ रुपैयाँमा बिक्री गर्ने पाउँछन् । तर, ९५ रुपैयाँभन्दा तल अर्थात ९४, ९३ या ९० रुपैयाँ वा अझ कम मूल्यमा भने बिक्री गर्ने पाउँदैनन् ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ५ : २४ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा