भुटानमा पनि अडानी समूह : ५७० मेगावाटको जलविद्युत आयोजनामा लगानी गर्ने | Khabarhub Khabarhub

भुटानमा पनि अडानी समूह : ५७० मेगावाटको जलविद्युत आयोजनामा लगानी गर्ने


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय खर्बपति गौतम अडानीले भुटानमा निर्माणाधीन ५७० मेगावाटको हाइड्रो पावरमा लगानी गर्ने भएका छन्।

अडानी समूहले चुखा जिल्लामा बन्न लागेको ५७० मेगावाटको हरित जलविद्युत आयोजनाका लागि ड्रुक ग्रीन पावर कर्पोरेशन लिमिटेड (डीजीपीसी) सँग सम्झौता गरेको छ ।

अडानी समूहका अध्यक्ष गौतम अडानीले यही जुन १६ मा भुटान भ्रमणका क्रममा त्यहाँका राजा जिग्मे खेसर नामग्याल वाङ्चुक र प्रधानमन्त्री दाशो छिरिङ तोब्गेलाई भेटेका थिए । 

अडानीले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै आफू भुटानी राजाबाट प्रभावित भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्–‘म भुटानका लागि उहाँको दृष्टिकोण र ठूला कम्प्युटिङ सेन्टर र डाटा सुविधा समावेश गर्ने गेलेफु माइन्डफुलनेस सिटीबारे उहाँको महत्वाकांक्षी पर्यावरण–मैत्री मास्टरप्लानबाट प्रेरित छु । कार्बन नेगेटिभ राष्ट्रका लागि यी पहलहरू र हरित ऊर्जा व्यवस्थापनमा सहकार्य गर्न म तत्पर छु ।’

अडानी समूहले श्रीलंकामा पनि गत महिना ग्रीन एनर्जीसँग मिलेर वायु ऊर्जा केन्द्र विकास गर्न स्वीकृति लिइसकेको छ ।

श्रीलंका सरकारसँगको सम्झौताअनुसार अडानी ग्रीन एनर्जीले श्रीलंकाको मन्नारपुनारिनमा हावाबाट चल्ने ऊर्जा स्टेशनहरू निर्माण गर्नेछ । यसका लागि दुवै पक्षले २० वर्षे विद्युत् खरिद सम्झौतामा हस्ताक्षर गरिसकेका छन् । 

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ७ : ५७ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका