लागुऔषध कोकिनसहित चार विदेशी पक्राउ « Khabarhub

लागुऔषध कोकिनसहित चार विदेशी पक्राउ


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमडौं । चार किलो पाँच सय चार ग्राम लागुऔषध कोकिनसहित चार विदेशी नागरिक पक्राउ परेका छन् । उनीहरुलाई केही दिनको अन्तरमा लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले पक्राउ गरेको हो ।

तान्जानियन नागरिक ६८ वर्षीय डोनाल्ड ज्याक्सन, बोलिभियन नागरिक ३३ वर्षीया लवरा क्रज टिकोना, भेनेजुलियन नागरिक ३९ वर्षीय सिमोन एन्टेनियो र भारतीय नागरिक २७ वर्षीया लालरुत सेंगी पक्राउ परेको ब्यूरोले जानकारी दिएको छ ।

ब्यूरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार काठमाडौँ महानगरपालिका–१६ ठमेलस्थित होटलबाट डोनाल्डलाई एक किलो दुई सय छ ग्राम कोकिनसहित जेठ २७ गते पक्राउ गरिएको थियो । फ्लाई दुबईको उडानद्वारा नेपाल आएका उनलाई १८ वटा क्याप्सुल कोकिनसहित पक्राउ गरिएको हो ।

अनुसन्धानका क्रममा उनले कोकिनका क्याप्सुलहरू निलेर काठमाडौँ आएको खुले पश्चात नेपाल प्रहरी अस्पताल महाराजगञ्ज लगिएकोमा थप ५९ क्याप्सुल निकालिएको उहाँले जानकारी दिनुभयो । डोनाल्डबाट जम्मा ७७ वटा क्याप्सुल (एक किलो दुई सय छ ग्राम) कोकिन बरामद गरिएको हो । हाल उनको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

यसैगरी ब्राजिल हुँदै काठमाडौं आएकी लवरा क्रज टिकोनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट महिलाले प्रयोग गर्ने एक सय २१ वटा फेन्सी लुगामा भएका बटनभित्र लुकाइ राखिएको दुई किलो सय ग्राम कोकिनसहित जेठ ३० गते पक्राउ गरिएको आचार्यले जानकारी दिए ।

कतारएअरको उडानद्वारा नेपाल आएका सिमोनलाई काठमाडौँ महानगरपालिका–२६ स्थित होटलबाट ९२ वटा क्यासुलबाट एक किलो एक सय ९८ ग्राम कोकिनसहित असार ४ गते प्रहरीले पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा उनले उक्त क्याप्सुलहरू ब्राजिलको सापाउलोबाट निलेर पेटभित्र ल्याएको खुल्न आएको छ । साथै उक्त कोकिनका क्याप्सुलहरू ‘डेलिभरी’ गर्ने क्रममा भारतका लालरुत सेंगीलाईसमेत सोही स्थानबाट पक्राउ गरिएको आज ब्यूरोले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

सेंगीले उक्त कोकिनका क्याप्सुलहरू भारतको नयाँ दिल्लीसम्म लैजान लागेको अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेकाहरुमाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कारबाही अघि बढाइएको लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ८ : ५५ बजे

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि